राष्ट्रियसभाको अध्यक्षमा तिमिल्सिना निर्विरोध

कठमाडौ, २८ फागुन । राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध हुने भएका छन। सो पदका लागि उम्मेदवारी दर्ता गर्ने समय भित्र उनको मात्र एक्लो उम्मेदवारी परेकोले उनी निर्विरोध हुने भएका हुन। 
सोमबार बिहान १० बजे देखि १ बजे सम्म अध्यक्षका लागि उम्मेदवारी दर्ता गर्ने समय निर्धारण भएकोमा सो समय भित्र उनको मात्र उम्मेदवारी परेको हो। उनको प्रस्तावकमा खिमलाल भट्टराई र सुमन प्याकुरेल छन। उनको समर्थकमा माओवादीका दिनानाथ शर्मा छन्। 
 राष्ट्रियसभाको बुधबार बस्ने बैठकले उनको उम्मेदवारीको निर्णय गर्ने छ। राष्ट्रियसभामा वाम गठबन्धनको स्पष्ट बहुमत छ। 
 

कांग्रेको विधान संशोधनमा तल्लो तहको पनि सुझाव लिईंदै (सुझाव लिन जाने नेताको नामावली)

 ललितपुर । नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ

जोशी विरुध्द महाअभियोग: \'गणितीय आधारमा न्यायालय तर्साउने नियत\'

काठमाडौं ।  संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएपछि न्यायाधीशका रूपमा सर्वोच्च अदालतमा काम गरिरहेका दीपकराज जोशीविरुद्ध

छलफल नै नगरी कानून ल्याउँदा मुलुक समस्याः महन्थ ठाकुर

पर्सा, ५ असोज । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा आवश्यक छलफल र राजनीतिक दलसँग परामर्श नै नगरी सरकारले कानून ल्याएका कारण मुलुकभरी

 नयाँ अख्तियार प्रमुखको वाचा-\'भ्रष्टाचार विरुध्द प्रभावकारी परिणाम निकाल्छु\'

काठमाडौं । संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ