मुटुरोग र डाइबिटीजका बीरामीका लागि मेथीको साग

पौष्टिक एवं स्वस्थकर मेथीको साग खानाले स्वास्थ्य सम्बन्धी कैयौँ समस्या समाधान हुन्छन् । यसमा प्रोटीन, फाइबर, भिटामिन सी, नियासिन, पोटाशियम र आईरन पर्याप्त मात्रामा पाईन्छ । यसका अतिरिक्त यसमा डियोसजेनिन तत्व पनि पाहिन्छ । यो तत्वका कारण बहुउपयोगी मेथी स्वास्थ्य र सौंदर्य दुवैका लागि फाइदाजनक मानिन्छ । 
कब्जियतको समस्याबाट बचाउँछः 
कब्जियत वा पाचनसँबन्धी समस्या भएका मानिसहरुका लागि मेथी निकै उपयोगी मानिन्छ । यसको सेवन गर्नाले पाचन क्रियामा सकारात्मक असर पर्छ । साथै कब्जियत तथा ग्यास लगायतका समस्याहरु पनि टाढा हुन्छन् । यदी घरमा बच्चाहरुको पेटमा जुका परेमा हरियो मेथीको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । यसका लागि हरियो मेथीको रस बच्चाहरुलाई खुवाउनुपर्छ । जसले गर्दा पेटमा रहेका कीराहरु मर्छन् । 
सौंदर्य बढाउँछ ः 
मेथीको प्रयोगले सौंदर्यतालाई पनि बढाउँछ । यसले चाउरी पर्न लागको छालालाई कसीलो बनाउँछ । अनुहारमा चमक ल्याउँछ । मेथीको पातलाई पीसेर पेष्ट बनाई अनुहारमा २० मिनटसम्म राख्ने र सुकीसकेपछि सफा पानीले धुनाले अनुहारको सौंदर्यता बढ्छ । यसका अतिरिक्त कपालका लागि पनि यो फाईदाजनक हुन्छ । यसलाई पीसेर कपालमा लगाउनाले कपाल कालो, बाक्लो र चमकदार हुन्छ । 
मुटुरोग तथा डाइबिटीजमा फाईदा 
मेथीको साथ मुटुका बीरामीहरुका लागि पनि निकै फाइदाजनक हुन्छ । मेथी पोटाशियमका लागि सबैभन्दा राम्रो स्रोत हो । यसले सोडियमको प्रभाव कम गरेर मुटुको गति र रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । यसका लागि प्रत्येक दिन मेथीको तरकारी बनाएर खानुपर्छ । यसले मुटुसँग जोडिएका कैयाँै बीरामीबाट छुटकारा मिल्छ । यसका अतिरिक्त यसले डाइबिटीजका रोगीहरुका लागि पनि निकै फाईदाजनक हुन्छ । मेथीमा घुलनशील फाईबरले रगतमा सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ । डाईबिटीज रोगीहरुले सुगर नियन्त्रण गर्नका लागि मेथीको रस बनाएर पीउनाले फाईदा पुग्छ । 
यसका अतिरिक्त महिनावारीको समयमा शारीरिक समस्याहरु जस्तै उल्टी गर्न मनलाग्नु, छटपटी हुनु तथा मनोभावमा परिवर्तन आउने जस्ता समस्याका लागि मेथीको साग  उपयोगी हुन्छ । त्यस्तै महिलाहरुमा स्तनको आकार सानो भएमा मेथीको सेवन गर्दा फाईदा हुन्छ । यसमा पाईने एस्ट्रोजन हर्माेनले स्तनको आकार बढाउन मद्दत पुग्छ । एक शोधका अनुसार मेथी शरीरमा कोलेस्ट्रलको स्तर कमगर्न मद्दत गर्ने पाइएको छ । चिसो समयमा यदी घुडा दुख्ने समस्या भएमा मेथीको सेवनबाट फाईदा पुग्छ । एजेन्सीको सहयोगमा ।

मानिसको शरीर किन चिलाउँछ ? यस्तो छ वैज्ञानिक कारण

सम्भवत एउटा सामान्य अवस्थामा रहेको मानिसको शरीरको विभिन्न भागमा चिलाउनु सामान्य विषय हो । तर यो विषयमा निकै कम मानिसको मात्र ध्यान गएको पाइन्छ

मौसमी रुघाखोकी बढ्दो, यस्ता छन् बच्ने उपाय

  काठमाडौं, २ असोज । हरेक सिजनको परिवर्तनसँगै भित्रिने मौसमी रुघाखोकी अर्थात् भाइरलको प्रकोप हिजोआज देखिन थालेको छ । हाल नेपालमा वर्षायामको अन्त्य

नेपालमा असामयिक मृत्यु गराउने १० प्रमुख कारण

नेपालमा विगत एक दशकमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको

तकिया र स्वास्थ्यको सम्बन्ध

काठमाडौं, १ जेठ । 'आफ्नै ओछ्यानमा सुतेको जस्तो अन्त सुतेको हुँदैन' भन्ने नेपाली उक्ती प्रचलित छ । धेरैले यसलाई डस्ना अथवा तन्नाको कारण त्यस्तो