ओलीले कांग्रेसको नाम लिएनन्, संविधान संशोधनमा बोलेनन्

काठमाडौं,२७ फागुन । दुई तिहाई बहुमत पाएपछि केपी ओली अब पूर्ण प्रधानमन्त्री बनेका छन् । विश्वासको मत माग्दा उनले संसद वैठकमा निकै अर्थपूर्ण र मुलुकको राजनीतिमा दूरगामी प्रभाव राख्नसक्ने भाषण गरेका छन् । 

प्रधानमन्त्रीले विश्वासको मत माग्दा गर्ने संसदीय भाषणलाई उनको प्रधानमन्त्रीत्वकालको निर्देशक या घोषणापत्र सरह मानिन्छ । 

ओलीको अभिव्यक्तिमा के देखियो र के देखिएन ? पढौं दस बुँदा

ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह गरे । तर, नेपाली कांग्रेसको नाम चाहिँ लिएनन् । उनले कांग्रेसको नाम नै नलिई प्रतिपक्षमा बस्नेले पनि विश्वासको मत दिन सक्ने नजीर दुई नम्बर प्रदेशमा स्थापित भएको बताए । सामान्यता विश्वासको मत लिँदा प्रतिपक्षी दल तथा प्रतिपक्षी नेताको नाम नै लिएर सम्बोधन गर्ने र मत माग्ने परम्परा ओलीले त्यागेका छन् । 

ओलीले मधेसवादी दलहरुसँग पनि मत मागेनन् । त्यसैगरी स्वतन्त्र सांसदहरुसँग पनि बेग्लै मत मागेनन् । एकमुष्ट सबैसँग मत मागे तर किटान गरेर कसैसँग आग्रह गरेनन् ।

ओलीले पाँच वर्षका लागि मत दिनुस् भनेनन् । संविधानत यो सरकार पाँच वर्ष चल्न सक्छ । उनले भविष्यमा सरकारको स्थायित्वको पनि कुरा गरेनन् । 

ओलीले संविधान संशोधनको चर्चा नै गरेनन् । फोरम र राजपाले पनि विश्वासको मत दिने भनिएको पृष्ठभूमिमा ओलीको भाषणमा संविधान संशोधनको कुनै न कुनै चर्चा हुने आँकलन गरिएको थियो तर उनले यो विषयमा चुईंक्क बोलेनन् । प्रकारान्तरले उनले संविधान संशोधनलाई नकारेको देखिन्छ । हिजोको सामन्तवादले विभेदको सिर्जना गरेको उनले बताए । जबकि राजपा र फोरम वर्तमान संविधानले विभेद गरेको   भन्छन् । पछि राजपाका महेन्द्र राय यादवले ओलीले संविधान संशोधनको चर्चा नै नगरेकोमा आपत्ति जनाए । 

ओलीले कुनै पनि तिखो टिप्पणी गरेनन् । सामान्यतया ओलीको भाषणमा कुनै न कुनै रुपमा तिखो टिप्पणी आउँथ्यो, यस्तो अभिव्यक्ति उनको स्वभाव नै हो । उनको भाषण विगतभन्दा शालिन र नम्र थियो । 

ओलीको भाषणको अर्काे अनौठो पक्ष हो, विदेश नीतिबारे चर्चै नगर्नु । विगतका हरेक प्रधानमन्त्रीले विश्वासको मत लिँदा विदेश नीतिबारे सामान्य भए पनि चर्चा गर्थे तर ओलीले त्यसो गरेनन् । जबकी ओली प्रधानमन्त्री भएपछि तथा त्यस अघिदेखि नै विदेश नीति नेपालको मुख्य मुद्दा बन्दै आएको छ ।


 

‘देउवाको फेरी सभापति बन्ने सपना महाधिवेशनले टुंग्याउँछ’

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र

भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउँदै ?

गत भदौ १४ र १५ गते आयोजना भएको बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरमा पुनः नेपाल आउने भएका छन् । भारतीय

कांग्रेको विधान संशोधनमा तल्लो तहको पनि सुझाव लिईंदै (सुझाव लिन जाने नेताको नामावली)

 ललितपुर । नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ

जोशी विरुध्द महाअभियोग: \'गणितीय आधारमा न्यायालय तर्साउने नियत\'

काठमाडौं ।  संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएपछि न्यायाधीशका रूपमा सर्वोच्च अदालतमा काम गरिरहेका दीपकराज जोशीविरुद्ध