क-कसले पाए एमालेमा टिकट ?

काठमाडौं, ३० जेठ । एमालेले प्रदेश ५ र ७ का सबै जिल्लाका स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । साताअघि नै प्रदेश ७ को टुंगो लगाएको एमालेले प्रदेश ५ को पनि अन्तिम नामावली सोमबार सार्वजनिक गरेको हो । प्रदेश ५ का १२ वटा जिल्लामा चार उपमहानरपालिकासमेत छन् । सम्बन्धित गाउँ र नगर कमिटीको सिफारिसमा प्रदेश संगठन र स्थायी समितिले उम्मेदवारको अन्तिम टुंगो लगाएको एमालेले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको मेयरमा शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्यलाई एमालेले उम्मेदवार बनाएको छ । त्यस्तै दाङको तुलसीपुर उपमहानगरको मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्यलाई चयन गरेको छ । दाङकै अर्को उपमहानगर घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा सीता न्यौपानेलाई अघि सारेको छ । नेपालगन्ज उपमहानगरको मेयरमा सममुद्दिन सिद्दिकी र उपमेयरमा शान्तिदेवी ढकाललाई उम्मेदवार बनाएको छ ।

एमालेले सात नम्बर प्रदेशका सबै उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छ । त्यस्तै प्रदेश नम्बर एकको पनि महानगर र उपमहानगरसहित अधिकांश स्थानमा यसअघि नै उम्मेदवार टुंगो लगाएको छ । विराटनगर महानगरको मेयरमा विनोद ढकाल, इटहरी उपमहानगरको मेयरमा द्वारिकलाल चौधरी र धरान उपमहानगरको मेयरमा तारा सुब्बाको नाम तय गरेको छ । प्रदेश नम्बर दुईको नामावली पनि तयार भइरहेको र केही दिनभित्रै सार्वजनिक गर्ने एमालेले जनाएको छ । आजको कान्तिपुरबाट ।

अहिले पनि नेका बलियो छः महामन्त्री कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।