भुसालको नेतृत्वमा एमालेमा नयाँं समूहको जन्म

काठमाडौं, २५ फागुन । माओवादीसँग एकीकरणको नजिक आईपुग्दा एमालेमा नयाँं समूहको जन्म भएको छ । एमालेमा अहिलेसम्म संस्थापन (पार्टी अध्यक्ष  केपी ओली) पक्ष र बरिष्ठ नेता माधवकुमार नेपाल  पक्ष रहँदै आएको थियो । तर अव संस्थापन पक्षलाई टक्कर दिन उपमहासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ समूह जन्मने तयारी गरेको छ ।  भुसालको समूहमा यसअघि नेपाल पक्षमा  र अर्का वरिष्ठ नेता झलनाथ खनाल पक्षका नेताहरु रहने स्रोतले दावी गरेको छ । 

एक नेताले दिएको जानकारी अनुसार  एमालेमा माधव नेपाल पक्षमा रहेका नेताहरुको संरक्षण हुन नसकेको र त्यसलाई नेपालले समेत अडानसहित संस्थापनसँग कुरा राख्न नसकेको आरोप लगाउँदै भुसालको नेतृत्वमा नयाँं समूह जन्मन लागेको बताईएको छ । 

    उम्मेदवार बन्न यसरी बन्चित भए भुसाल 

फागुन २ गते नेपाल पक्षका नेताहरुको अलग्गै बैठक बस्यो । सो बैठकमा सहभागी सबैको एउटै निष्कर्ष निस्क्यो ओलीलाई सर्बसम्मत नछोड्ने । त्यसमा माधव नेपालको समेत सहमति थियो । बैठकमा को लड्ने भन्नेबारे पनि सल्लाह गरांै भनेर घनश्याम भुसालले  बिभिन्न विकल्प पेश गरे । माधव नेपाल लडेपनि ठीक छ, सुरेन्द्र  पाण्डे लडेपनि ठीक , को अरु कोही नलड्ने भए पनि म लड्छु भनेर उनले प्रस्ताव गरे । सो अनुसार जे भएपनि गरौं , तर ओलीलाई सर्वसम्मत दलको नेता हुन नदिउँ भन्ने निष्कर्ष निकाल्दै नेपाल पक्षको बैठक टुंगिएको थियो ।

भोलिपल्ट १२ बजेका लागि एमाले संसदीय दलको बैठक डाकियो ।   काठमाडौंको कुलेश्वरमा बस्ने उपमहासचिव घनश्याम भुसाललाई बैठकको खवर गयो पौने १२ बजेमात्र । हतार हतार उम्मेदवारी दिन भनेर कुलेश्वरबाट भुसाल संसद भवन बानेश्वर पुग्दा दलको नेतामा ओली निर्वाचित भई सकेका थिए । आश्चर्यको कुरा के थियो भने अघिल्लो दिनको सहमति तोड्दै नेपालले नै ओलीलाई दलको नेता छानियोस भनि संसदीय दलको बैठकमा प्रस्ताव गरेका थिए । 

किन चुनाव लड्न चाहन्थे भुसाल  

नेपाल पक्षका नेता तथा कार्यकर्ताले संस्थापनबाट आक्रमण हुँदा नेपाल लगायतका नेताहरुले जोगाउन नसक्ने निष्कर्ष समेत निकालेका थिए । उनीहरुले नेपाल भित्रभित्रै ओलीसँग मिलेको समेत आशंका गर्दै आएका थिए । केहि समय देखिका बैठकमा नेपालले केवल औपचारिकताका लागि मात्र संस्थापनको आलोचना गरेको भेद समेत थाहा पाएका थिए उनीहरुले । त्यसकारण पनि सो समूहले भुसाललाई अगाडि सार्नका लागि पनि ओलीसँग संसदीय दलको नेतामा चुनाव लडाउन चाहन्थे ।  संसदीय दलको नेतामा चुनाव लडेपछि आन्तरिक रुपमा पनि गुटको नेतृत्व परिवर्तन हुने अपेक्षा धेरैले गरेका थिए । अर्थात माधव नेपाल गुटमा नेतृत्व परिवर्तन गरेर भुसाललाई अगाडि बढाउन चाहन्थे उनीहरु । 
 

कांग्रेको विधान संशोधनमा तल्लो तहको पनि सुझाव लिईंदै (सुझाव लिन जाने नेताको नामावली)

 ललितपुर । नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ

जोशी विरुध्द महाअभियोग: \'गणितीय आधारमा न्यायालय तर्साउने नियत\'

काठमाडौं ।  संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएपछि न्यायाधीशका रूपमा सर्वोच्च अदालतमा काम गरिरहेका दीपकराज जोशीविरुद्ध

छलफल नै नगरी कानून ल्याउँदा मुलुक समस्याः महन्थ ठाकुर

पर्सा, ५ असोज । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा आवश्यक छलफल र राजनीतिक दलसँग परामर्श नै नगरी सरकारले कानून ल्याएका कारण मुलुकभरी

 नयाँ अख्तियार प्रमुखको वाचा-\'भ्रष्टाचार विरुध्द प्रभावकारी परिणाम निकाल्छु\'

काठमाडौं । संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ