विषादीयुक्त तरकारीको बिक्री रोक्न प्रधानमन्त्रीको निर्देशन 

 

काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल शुरु भएको छ । 

प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको सम्बन्धित मन्त्रालयका सचिवको बैठकले तय गरेको नियन्त्रणका उपाय बारेको छ बुँदे निर्देशन कार्यान्वयन गर्न मातहतका निकायमा पत्राचार भएको छ । 

एक महिनाभित्र हरेक प्रदेशमा प्रविधियुक्त नाका तोक्न पनि नेपाल सरकारले निर्देशन गरेको छ । तरकारी र खाद्य पदार्थमा विषादीको प्रयोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको सन्दर्भमा पूर्व सचेतनाका लागि सरकारले यो नयाँ पहल गरेको हो । 

नयाँ निर्णयको कार्यान्वयन गर्न भन्सार नाकामा सशस्त्र प्रहरी बलले कडाइका साथ चेकजाँच गर्नेछ । प्रधानमन्त्री ओली यही फागुन ३ गते नियुक्त भएका हुन्। 

यसैगरी कृषि मन्त्रालयले तीन महिनाभित्र नेपालमा उत्पादन र आयात हुने तरकारी र फलफूलमा ‘म्याम्सिमम रेसिडियल लिमिट’ एमआरएल तोकी लागू गर्ने, मानव, पशुपक्षी र वनस्पति स्वास्थ्यमा विषादिबाट पर्नसक्ने नकारात्मक असर न्यूनीकरण गर्ने उद्देश्यले कृषि विकास र पशुपक्षी विकास मन्त्रालयले तरकारी, फलफूल, बिउबिजन र पशुपक्षी आयात गर्न पाउने हरेक प्रदेशमा प्रविधियुक्त नाका तोक्न निर्देशनमा भनिएको छ । 

तरकारी र खाद्य पदार्थको गुणस्तर मापन प्रणालीमा सुधार गर्ने पनि निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिपत्रमा जनाइएको छ । हाल विदेशबाट आयात तथा प्रयोग हुने तरकारी र खाद्य पदार्थमा के कति विषादीको प्रयोग भइरहेको छ भन्नेबारेमा यकिन विवरण छैन । नेपालमा तरकारी र खाद्य पदार्थको आयात बढी मात्रामा छिमेकी भारतबाट हुने गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा स्थानीय विकास, कृषि, गृह, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । 

कार्यान्वयनकै लागि आपूर्ति मन्त्रालयको यही फागुन १५ को आग्रहबमोजिम स्थानीय विकास मन्त्रालयले यही फागुन २२ मा सबै स्थानीय तह ९जिसस, महानगर, उपमहानगर र गाउँपालिका० लाई पत्राचार गरी मुख्यसचिवसहितको बैठकले गरेको निर्णयबारे जानकारी गराएको छ । 

कृषि मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनबमोजिम आफूहरुले नियन्त्रणका उपायका लागि आवश्यक तयारी गरेको जानकारी दिए। उनले सोबारे थप काम अघि बढाउन मन्त्रालयको योजना महाशाखाले आउदो आइतबार सम्बन्ध निकायका पदाधिकारीको बैठक तय गरेको बताए। 

सो निर्णय कार्यान्वयको प्रगतिबारे हरेक महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वाधार विकास हेर्ने सचिवको अध्यक्षतामा समीक्षा बैठक आयोजना हुनेछ । रासस

कुकुरलाई दिन विदेशबाट नेपाली छुर्पीको माग

युरोप तथा अमेरिका र क्यानडामा 'डग च्यु'का रूपमा निर्यात हुने छुर्पीको माग बढेपछि नेपालको पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढेको

 सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सहकार्य सम्झौता

काठमाडौं । अमेरिकाको १५,००० भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस

खुलेन टिकट बुकिङ, दशैंको मुखमा यातायात व्यवसायीको स्वार्थी व्यवहार

काठमाडौँ, ५ असोज । नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात

महङ्गो बन्दै दशैं: अनुगमन छैन,सर्वसाधारण मारमा 

काठमाडौं । भारतीय नाकाबन्दीपछि बढेको बजार मूल्य अहिलेसम्म पनि घट्न सकेको छैन । सरकारले बजार अनुगमन गरे पनि बजारमा मनपरी चलिरहेकै पाईन्छ । सरकारका