आईबी राईप्रति भारतीय संचार किन पूर्वाग्रही

हालै निधन भएका साहित्यकार इद्रबहादुर राई (फरवरी १९२७–मार्च २०१८)  लाई मैले व्यक्तिगत रुपले चिनेको थिईंन । अहिले म मञ्जुश्री थापा र प्रविन अधिकारीले हालै अनुवाद गरेका दुई पुस्तक पढ्दै छु । यी दुई पुस्तक पढ्दै गर्दा मैले धेरै निकटता महसुस गरिरहेको छु जुन यस अघि कुनै पनि नेपाली लेखकका पुस्तक पढ्दा महसुस गरेको थिईन । यो किन पनि भएको हुनसक्छ भने राईले नेपाली डायस्पोरालाई संवेदनशील तरिकाले लेखेका छन् जसले नेपाल बाहिर बसेर पनि नेपालीको भावनालाई छुनेगरी लेखेका छन् ।

राईले लेखेको ‘आज रमिता छ’ दार्जिलिङको महत्वपूर्ण उपन्यास हो जुन गोर्खाल्याण्ड आन्दोलन सुरु हुनुभन्दा पहिले नै लेखिएको हो । जतिबेला कम्युनिष्टहरुले चिया बगानका मजदुरलाई एकजुट गराउँदै थिए । विशेष गरी नेपाली आप्रवासीलाई । 

यो यस्तो उपन्यास हो जहाँ खासै केही हुँदैन र पनि त्यहाँ सधैं पूर्वाभजनको भावना हुन्छ । जसले भविष्यलाई परिवर्तन गरिदिन्छ । तर यो मुटु हो, यो यस्तो उपन्यास हो जुन राईका अन्य प्रचलित कथाको एउटा विषयमा केन्द्रित छ । 

उपन्यासको कथा १८१६ को एङलो गोर्खा युद्धपछि प्रवासी नेपालीको मुगलान यात्रासँग सम्बन्धित छ । त्यतिबेला नेपाली मजदुरलाई चिया बगानमा काम लगाईन्थ्यो, गोरखा सैनिक दार्जिलिङको पहाडमा बस्न थालेका थिए भने नेपाली व्यापारी तिब्बतसँगको व्यापारका लागि कालिङपोङ जाने गर्थे । राईले परम्परागत आफ्नो लेखनलाई निरन्तरता दिइरहे । 

 राईले लेखनमा मात्र नभई अखिल भारतीय नेपाली भाषा समिति मार्फत पनि नेपाली भाषाको प्रवद्धर्नमा योगदान दिएका थिए । जसले गर्दा भारतको संविधानमा पनि नेपाली भाषाले मान्यता पायो । सन् १९७६ को सुरुवातमा उनी  आफ्ना पुस्तक तथा निबन्धका लागि साहित्य एकेडेमीबाट पनि सम्मानित भएका थिए । दुःखको कुरा उनको निधनमा भारतीय मुलधारका सञ्चार माध्यमले महत्वनै नदिएको पाएँ । नेपालले भने उनलार्ई आफ्नै दाबी गर्यो । 

जब राईजस्ता लेखकहरुको निधन हुन्छ, उनको निधनमा शोक व्यक्त गरेर मात्र हुँदैन । अन्य यस्ता कथाहरु अहिले पनि लेखिनुपर्छ । उनले बैरागी काइँला र ईश्वर बल्लभसँग मिलेर नेपाली लेखनमा तेस्रो आयाम मार्फत आधुनिकता सुरु गरेका  थिए । त्यस यता अहिलेसम्म पनि नेपाली नेपाली साहित्यमा  कुनै नयाँपन देखिएको छैन । सन १९७० मा उनले नेपाली साहित्यमा अर्काे आन्दोलन सुरु गरे । जसलाई लिला लेखन भनियो । 
राईलाई उनले गरेका कामबाट मात्र बुझ्न खोजियो भने साहित्य आन्दोलनले उनीमाथि घोर अन्याय गरेको ठहरीने छ । किनभने शैलीगत तत्वको शुरुवातका अलवा उनको कथामा एक डायस्पोरिक संस्कृतिको आवाज सुनिन्छ । (अमिस राज मुल्मीको यो टिप्पणी दि वायरबाट अनौपचारिक अनुवाद) तस्बिर स्रोत - कान्तिपुर

 स्वर्गीय छोरीका निर्दोष प्रश्नहरु

उनैले केहीबर्ष अघिसम्म चुसेका  मेरा स्तनहरु छाम्थिन्  मेरा नाडी र पाखुराहरु सुम्सुम्याउँथिन्  अँगालो हाल्थिन्  गालामा गाला जोड्थिन्  र

प्रधान न्यायाधीश कल्याणले झुट बोलेपछि...

पुनरावेदन अदालत विराटनगरमा म ०६७ पुस ३ गते मुख्य न्यायाधीशका रूपमा हाजिर भएँ । काम गर्दै जाँदा त्यहाँ केही समस्या रहेछन् भन्ने थाहा भयो । एक दिन वरिष्ठ

 कांग्रेस नेता वाग्लेका नयाँ पुस्तक सार्वजनिक

  काठमाडौं । नेपाली कांग्रेसका नेता चिरन्जिवी वाग्लेको साहित्यिक कृति “उज्यालो तिरको यात्रा”  र “नेपाली साहित्य मेरो दृष्टि” सार्बजनिक

 सुरेन्द्रले ल्याए ‘भूमे दर्पण’

काठमाडौं । माओवादी जनयुद्धको उद्गमथलो मानिएका रोल्पा–रुकुममा स्थापित ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्दै आएका पर्यटनविज्ञ सुरेन्द्र रानाले