‘म कसैको मायाँजालमा परिन’

प्रदीप पौडेल समकालीन राजनीतिमा चिनाईरहनुपर्ने नाम होईन । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रहीसकेका पौडेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । निकै आँटी युवा नेता भनेर चिनिएका पौडेलले राजनीतिक आन्दोलनमा त्यसको पुष्टी हुनेगरी पर्याप्त योगदान समेत गरिसकेका छन् । व्यक्तिगत तहमा मिलनसार र जुझारु छवि भएका पौडेलसँग यसपटक उनको युवा अवस्थासँग जोडिएका तर गैरराजनीतिक प्रसंगमा सरल पत्रिकाले कुराकानी गरेको थियो । प्रस्तुत छ प्रदीपका कुरा उनकै शब्दमा -

तपाईँको बाल्यकाल कसरी बित्यो ? 

म परिवारको मायाँ पाएर हुर्केको मान्छे । मैले हजुरबुवा–हजुरआमासँग धेरै समय बिताएँ । अहिले सम्झिदा मलाई खुशी लाग्छ, एकदमै माया दिने र संरक्षण गर्ने अभिभावकहरुको काखमा म हुर्किएको हुँ ।  

त्यसो भए तपार्इँ हुनेखाने परिवारको हो ?

हो, म एकदमै हुनेखाने परिवारमा राम्रो रेखदेखमा हुर्किएको हूँ । 

स्कूल पढ्दाको जीवनशैली कस्तो थियो ? 

   शुरुमा गाउँमा नै पढियो । मेरो बुवा मास्टर हुनुहुन्थ्यो, त्यसैले पछि बुवाले पढाउने ठाउँमा नै पढ्न गईयो । बुवा जता सरुवा हुनुहुन्छ त्यतैतिर गईयो । म आठ कक्षा पछि काठमाडौं आएर पढेको हुँ । त्योबेलामा भने अभिभावक बिहिन जस्तो, आफंै पकाएर खानु पर्ने हुन्थ्यो । म दाजुसँग बसेर पढेको हुँ । स्कूलको जीवन पनि बाबुआमाले राम्रो पढुन् भनेर हाम्रो पढाईकोबारेमा बढि ध्यान दिएर संरक्षण गरेको कारणले मैले त्यो अवसर पाएँ । यस कुरालाई राम्रो मान्नुपर्छ । 

स्कूलमा तपार्इँको स्वभाव कस्तो थियो ? 

म एकदमै चट्पटे स्वभावको विद्यार्थी थिएँ । मलाई कतिपय कुराहरु अहिले पनि याद छ । म अलि आँट गर्ने खालको अलि नडराउने खालको     थिएँ । 
स्कूलमा मारपिट पनि गरियो होला ? 

त्यस्तो पनि होईन । मारपिट त हामी मध्यवर्गीय बाहुनको छोरा भएको हुनाले त्यति धेरै त हुँदैनथ्यो । तर अब मेरा समकक्षीहरु मध्ये गाउँमा अनेकन कुराहरु हुन्थे । गाउँमा रुख चड्ने काम देखि लिएर अरु  आँटिला कामहरुमा म नै अघि सर्थें । कोही चढ्न नसकेको रुख म चढ्थें । कसैले हामफाल्न नसकेको कान्लो मै हामफाल्थें । कोही जंगल जान डाउँथ्यो तर म आँट गरेर जान्छु भन्थें । दश कक्षा पढ्दा पञ्चायत बिरुद्ध लड्दा त्यो बनस्थली स्कूल बन्द गराउने मुख्य अगुवा मै थिएँ । म लगायत अरु साथीहरु पनि हुनुहुन्थ्यो । त्यस्तो कुरा गर्दा अरु मेरा साथीहरु छक्क पर्थे । मलाई अलि नयाँ नयाँ कुराहरु गर्न मन लाग्थ्यो । म अलि सिर्जनात्मक पनि थिएँ । धेरैचोटी रुख चढ्दा लडेर खुट्टा भाँचिएको पनि छ । 

यस्तो आँटी मान्छे स्कूल पढ्दा त केटी साथीहरु पनि धेरै थिए होला ? 

म पछि काठमाडौं पढ्न आएकोले यहाँको परिवेश पनि अलि नयाँ भएकोले स्कूलमा पढ्दा त्यतातिर खासै ध्यान नै गएन । जनआन्दोलनको समयमा एकदमै उत्पात नै गरियो । स्वभावले दिने भन्दा पनि बढि नै गरियो । तर स्कूलमा पढ्दा त्यतातिर ध्यान नै गएन । 

कसैको प्रेममा पनि परिएन त ? 

मैले नै अफर गरेर चाहिँ परिएन । अब कलेजमा आउँदा साथीभाईले जिस्काउने त सामान्य कुरा भयो ।    युवा अवस्थामा त्यस्तो मनोभावना जाग्ने नै भयो । तर आफंै डराइन्थ्यो । त्यसले आफ्नो नाम बिग्रने हो कि भन्ने डर लाग्थ्यो । त्यसैले खासै त्यस्तो प्रेम नै बस्यो भनेर भन्न मिल्ने गरी कसैसँग सम्बन्ध भएन । प्रेम प्रस्ताव राख्ने आए आएनन् भन्ने आफैंले महसुस गरिएन तर अरु साथीहरुले अरु कसैसँग   नाम जोडिदिने अथवा कसैको मनोभाव बुझेर जिस्क्याउने व्यवहार हुन्थ्यो । अब ठ्याकै यस्तै भयो भनेर भनिहाल्ने गरी कुनै सम्बन्ध भएन । वास्तवमा भन्ने हो भने म कसैको प्रेमको मायाँ जालमा परिन ।

स्कूलमा शिक्षकको पिटाई कत्तिको खाइन्थ्यो ?

शिक्षकको पिटाईको के कुरा गरौं र ! म त २०४६ सालमा रेस्टिकेट नै भएको हो । मैले यति धेरै पिटाई खाएँ त्यसको कुनै सीमा नै छैन । त्यो भन्दा अगाडि म पढाईमा अब्बल दर्जाकै बिद्यार्थी थिएँ ।  नजानेका कुराहरु म बुवालाई सोध्ने गर्थें । घरमा नै तयारी गरेर आउने र कक्षामा चाहिं अलिकति अरुभन्दा बढि ज्ञान भएको बिद्यार्थीमा नै परिन्थ्यो । त्यसैले पढ्न नजानेर अरु हिसाबले पिटाई खाइएन । २०४६ सालको जनआन्दोलनमा आन्दोलन उक्साउन आफ्नो तर्फबाट पहल गर्दा धेरै पटक पिटाई खाएको छु ।

घर बसेको बेला के काम गर्नुहुन्थ्यो ?

मेरो परिवार कृषिमा आश्रित थियो । मेरो हजुरबुवा एकदमै मेहनती कृषक हुनुहुन्थ्यो । त्यसैले हजुरबुवाको प्यारो हुनका लागि पनि अलि कृषि पेशामा आवद्ध परिवार भएकाले धेरै कामहरु कृषि सम्बन्धी नै गर्नुपर्थ्यो । ती कामहरुमा म आफ्नो ठाउँबाट सगाउने गर्थे । हजुबुवाले काम गर्न प्रेरित गर्नुहुन्थ्यो । फुर्तिलो बन्ने, जाँगरिलो बन्ने, हजुरबुवालाई रिझाउने उदेश्यका लागि कृषिमा काम धेरै गरिन्थ्यो ।

स्कूल जाँदा टिफिन के बोक्नुहुन्थ्यो ? 

पहिला त मकै नै हो । म पाँच कक्षा पढ्दा साढे दुई घण्टा उकालो हिँडेर स्कूल जानुपर्थ्यो । झोलामा मकै बोकेर जाने हो । कहिलेकाहीँ कोदाको रोटी पनि हुन्थ्यो । अलि लामो समय भएको हुनाले हामीले लिएर जाने टिफिन चाहि त्यहि नै हो । अब काठमाडौं आइसकेपछि टिफिनका रुपमा त्यो बेलामा एकदमै कम पैसा एक रुपैयाँ दुई रुपैयाँ पैसा बोकेर गईन्थ्यो ।

स्कूले जीवनको तपाईँले नबिर्सने घटना के छ ?

म पहिला गाउँ छाडेर बुवाले पढाउने ठाउँ जाँदा घरमा बुवाआमाले कहिले फर्केर आउँदैन कि भन्ने गरी बिदाई गर्नुभयो । मलाई पनि त्यस्तै भयो । अनि त्यो मात्रै होइन शिक्षक, गाउँलेहरुले पनि सबैले त्यहि ढंगले बिदाई गर्दा नफर्किने गरी यो कहिले भेटिन्न भने जस्तो गरी बिदाई गरेको वातावरण थियो । पछि सम्झिदा मैले कति धेरैको मन जितेको रहेछु । त्यत्रो मान्छेलाई मसँग बिछोड हुँदा त्यति धेरै पीडा भयो भन्ने मलाई पछि महसुस भयो । रुखबाट खसेर खट्टा भाँचिएको । मेरी ठुलीआमाले डोकोमा घाँस बोकेर आउनु भएको थियो । डोकोको घाँस माथि राखेर मलाई घरसम्म लिएर आउनु भएको छ । २०४६ सालमा दश कक्षा पढ्दा मलाई लक्ष्मण राजवंशीले एकदमै धेरै पिट्नु भयो तर पछि उहाँ आफंै पनि आन्दोलनको समर्थक हुनुहुँदो रहेछ, कम्युनिष्ट नेता हुनुहुँदो रहेछ । मलाई त्यही आन्दोलन सफल बनाउनका निम्ति वातारण बनाउँदा त्यति धेरै पिट्नु भयो । त्यति धेरै निरुत्साहित गर्नुभयो । तर उहाँ आफैं पनि त्यो आन्दोलनको समर्थक कम्युनिष्ट नेता । उहाँले मलाई त्यसो किन गर्नुभयो त्यो प्रश्न मेरो मनभित्र अहिले पनि ताजा छ ।

कलेज जीवन कस्तो थियो ? 

मेरो बुवा कांग्रेस राजनीतिको एकदमै सक्रिय मान्छे हो । त्यसैले मेरो घरमा कांग्रेसको सधैं राम्रो कुरा हुन्थ्यो । त्यसैले यो कांग्रेस भनेको राम्रो हो र यसले मात्र देश बनाउँछ भन्ने मेरो दिमागमा सानै देखि परेको थियो । कलेजको राजनीतिमा पनि नेबिसंघमा लागियो । नेबिसंघमा लागेर शुरुमा नै बिद्यार्थी आन्दोलनमा लाग्ने कोशिस गरियो । आफैंले नेतृत्व पाए हुन्थ्यो भन्ने लाग्थ्यो । हिरोइज्म भनेको यही हो भन्ने लाग्थ्यो र नेविसंघको गतिविधिहरुमा नै सक्रिय भइयो । कार्यक्रम भयो भने भाषण गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । कलेज जाने र पढ्ने कुरा त नियमित काम भयो नै । यसबाहेक नेविसंघको मञ्चहरु प्रयोग गर्ने र रानीतिमा सक्रिय हुने रुची निकै थियो ।

मदिरा पिउनुहुन्छ ?

  पिउँदै पिउँदिन भनेर भन्न मिल्दैन । मेरो मदिरा पिउने बानी पहिला थियो र मलाई छोड्न सक्दिन कि भन्ने पनि लाग्थ्यो । अहिले चाहि मैले पुरै छोडिसकें । अहिले नै हामी मदिरामा डुबेर हिड्यौं भने कांग्रेस अझ बर्बाद हुन्छ । त्यसैले म त यो पाँच वर्ष कांग्रेस सुधार्न पनि मदिरा नपिउने निर्णयमा पुगेको छु । अहिले मदिरा पुरै छोडेको छु । 

मदिरा पिएर कुनै अविष्मरणीय घटना पनि भएका छन् कि ? 

यसमा कतिपय सन्दर्भमा सिनियरहरुलाई भन्न नसकिने कुराहरु पिउन बस्दा भनिएका घटनाहरु छन् ।    कहिलेकाहीँ आफ्नो स्वभाव भन्दा अलिक फरक ढंगले असन्तुष्टिहरु व्यक्त गरेका थुप्रै घटनाहरु छन् । यसबाहेक लजाउनु पर्ने गरी भएका कुनै घटना भने भएका छैनन् ।

त्यसबेलाका मदिरा सँगीहरु को को हुन् ?

म कलेज पढ्दा नै मेरो पिउने आदत बढ्दै गएको हो । नेविसंघको राजनीति गर्दा मुख्य गरी अखिलसँग झगडा पर्थ्यो । धेरै जस्तो सधंै कुटाई खाईन्थ्यो । सँगै बस्यो आफ्ना दुःखसुखका कुराहरु गर्यो । त्यसमा चाहिँ हाम्रै कमिटी भित्रका साथीहरु बढि हुन्थे । बिशेषगरी स्कूल कलेज पढ्दाका साथीहरु जो बाहिर गएर फर्केर आएका हुन्थे । आफ्ना समकालिन साथी र कांगे्रसवृतका साथीहरु नै बढि हुनुहुन्छ ।

मदिराको बिल कसले तिथ्र्यो ? 

शुरुमा एकदमै निम्छरो भएर पिउने गरिन्थ्यो । अब पछि पछि त कोहि साथीभाई पनि बढि कमाउने हुन्थे । उनीहरुले नै तिर्थे । मदिरा पिउँदा पैसा चाहि हामीले सामान्यतया तिर्नु पर्थेन । 
 
 

 
 

प्रदेशलाई प्रदेशकै रुपमा बुझ्नुपर्छ, ती अलग राष्ट्र होइनन्ः प्रम ओली

काठमाडौँ ।  संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना

\"अर्थ सचिब राजन खनालको चरीत्र देखेर छक्क परें\" सोमलाल सुबेदी,पूर्व मुख्य सचिब

म देशको प्रतिनिधित्व गरी एसियाली विकास बैंकमा वैकल्पिक कार्यकारी निर्देशकमा इमान्दारीपूर्वक काम गर्दै थिएँ । छापामार शैलीमा मलाई फिर्ता बोलाइयो ।

 जोशीको नाम अनुमोदन गर्नुहुँदैन, निरु पाल,संसदीय सुनुवाई विशेष समिति सदस्य

संसदीय सुनुवाई विशेष समिति अनिर्णयको बन्दी भयो । किन ? खै, अनिर्णयको बन्दी किन बनाउन खोजेका छन्, मलाई पनि थाहा छैन । पटकपटक बैठक बस्ने, निर्णय गर्न

उनको पाइलट बन्ने सपना थियो तर......!

उनले शक्तिकेन्द्रमा ठोकिन आउने ठूला साना किसिमका आफ्ना लागि भक्ति गाउन झुम्मिने झुण्डहरुका एक होईन अनेक दृश्यहरु देखेका छन् । कहिले अप्रत्यक्ष