सडक स्तरोन्नती थालियो

बाबियाचौर, २३ फागुन । सदरमुकाम बेनी बजारसँगै जोडिए पनि यातायात सेवाबाट वञ्चित बेनी नगरपालिका–२ ज्यामरुककोटका विभिन्न सडक स्तरोन्नती गर्ने काम थालिएको छ । 

ज्यामरुककोटका विभिन्न वस्तीलाई जोड्ने सडकमा यातायातका साधन सञ्चालन गर्न वडा र नगरपालिका कार्यालयले स्तरोन्नतीको काम शुरु गरेका हुन् । चालु आवमा रु ४३ लाखको लागतमा सातवटा सडकको स्तरोन्नती शुरु गरेको वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए । 

सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली बनाउने, ग्राभेल गर्ने लगायत काम गरिने उहाँले बताए । रु २० लाख विनियोजन गरिएको खबरा–भीरकुना–कन्थारथान–भकुण्डे सडकको काम उपभोक्ता समिति गठन गरेर भइरहेको छ । 

यस्तै, रु पाँच लाखमा बाङगेरा–पिपलडाँडा–भकुण्डे सडक फराकिलो बनाउने काम अन्तिमचरणमा पुगेको छ । उक्त सडकमा सोलिङ र नाली बनाउने काम बाँकी छ । कोटखोला–उपल्लोफाँट–बालथारा हुँदै मरुवा सडक फराकिलो बनाउने काम सकिएको छ । 

यसैगरी, रु पाँच लाख विनियोजन भएको दारीम्बोट क्षेत्रमा सडक विस्तारसँगै सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा कार्यालय रहेको भकुण्डे–काउनाखर्क–गौश्वारा सडक अन्तर्गत ४०० मिटर ट्र्याक खोल्ने र स्तरोन्नती गर्न रु पाँच लाख विनियोजन गरिएको वडाध्यक्ष थापाले बताए । बिमीराबोट–मालीका सडक फराकिलो बनाउन तथा ठूलोगैरा–बिरायचौर सडकलाई रु डेढ÷डेढ लाख विनियोजन गरिएको छ । रासस

सेनाको दावी- \'द्रुतमार्ग निर्धारित समयमै बन्छ\'

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा

 कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद सम्झौता, यसै बर्ष पहुँच मार्ग बनाइने

काठमाडौं । सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए)

निर्माण व्यवसायी महासंघको अध्यक्षमा ४ जनाको दाबी

काठमाडौँ, २८ भदौ । निर्माण व्यवसायीको साझा सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वका लागि चारजनाले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्

काठमाडौँमा उच्च क्षमताको प्रसारण लाइन बनाउँदै प्राधिकरण

काठमाडौँमा उच्च क्षमताको प्रसारण लाइन बनाउँदै प्राधिकरण काठमाडौं । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित