राष्ट्रपति ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामा

वासिङटन, २३ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारले पनि राजीनामा दिने घोषणा गरेका छन् ।  राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले मङ्गलबार राजीनामा दिने घोषणा गरेका हुन । 

पछिल्ला केही दिनमा ह्वाइट हाउसभित्र स्टील र अलुमिनियम आयातमा विद्यमान नीतिमा परिवर्तन गरी केही कडाई गर्नुपर्ने विषयमा मतभेदहरु उत्पन्न भएको बताइएको छ । 

यस सम्बन्धी विवरणहरु पछिल्लो समयमा बाहिर आइरहेका बेला यता आर्थिक सल्लाहकारले नै राजीनामाको घोषणा गरेका हुन । 

उनको राजीनामालाई अमेरिकी सञ्चारमाध्यमहरुले राष्ट्रपति ट्रम्पका सहयोगीहरुको राजीनामाको शृंखला भनेर प्रचार गरिरहेका बताइएको छ । 

ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोन श्रृंखलाबद्ध रूपमा ह्वाइट हाउसबाट राजीनामा दिई निस्कने राष्ट्रपति ट्रम्पको सहयोगी टोलीका पछिल्लो व्यक्ति थिए । 

विशेषगरी उनीसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा ट्रम्प प्रशासनसँग विवाद उत्पन्न भएको बताइएको थियो । सोही मतभेदका कारण उहाँले राजीनामाको घोषणा गरेका हुन। 

त्यही कर विवादका कारण पछिल्लो समयमा राष्ट्रपति र कोनबीच राम्रो सम्बन्ध नरहेको बताउने गरिएको थियो । 
यसअघि सल्लाहकार कोन राष्ट्रपति ट्रम्पको प्रशासनले जारी राखेका अमेरिकामा कर कटौती सम्बन्धी विविध आयोजनाहरुका मुख्य योजनाकारका रुपमा काम गरेको बताइएको थियो । 

राष्ट्रपति ट्रम्पले कोनलाई विशेष धन्यवाद दिएका  छन् । उनले आर्थिक क्षेत्रमा विशेष दखल राख्ने व्यक्ति भन्दै अहिलेसम्म सेवा दिएकोमा कोनलाई धन्यवाद ज्ञापन गरेको  अमेरिकी समाचारहरुमा जनाइएको छ । 

उनले काम गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । यसैबीच राष्ट्रपति ट्रम्पले आयातमा करहरु बढाउने नयाँ कार्यक्रमको घोषणा गरेको अर्को एक अमेरिकी समाचारमा जनाइएको छ । रासस/एएफपी

‘पाइरेट’ले स्वीस जहाजबाट १२ जना अपहरण गरे

जेनेभा, स्वीट्जरल्याण्ड, ८ असोज । नाइजेरियाली सामुद्रिक क्षेत्र हुँदै आफ्नो गन्तब्यमा हिँडेको स्वीस पानीजहाजका १२ चालकदलका सदस्यलाई सामुद्रिक

आश्चर्यजनक रुपमा माल्दीभ्सको राष्ट्रपतिमा इब्राहिम विजयी

माले, माल्दीभ्स, ८ असोज । माल्दीभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दीभ्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा धाँधलीको आशंका गरिए

उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

सिओल, ७ असोज । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै

राफेल विमानमा भ्रष्टाचारको आशंका, खरिद रोकिँदैन– जेट्ली

नयाँदिल्ली, ७ असोज । भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको स्पष्ट पारेका छन्