नेपाल भारत सम्बन्धमा कहिलेकाहिँ गलत बुझाई भयोः बिजेपी नेता  कोशियारी 

काठमाडौं, १३ फागुन । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)कोे प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने बताईएको छ ।

समूहको सातौँ बैठकपछि आईतबार आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका नेपाल संयोजक डा भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पु¥याउने गरी प्रतिवेदन ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने र समयसापेक्ष आधार खडा गर्ने उद्देश्यमा कुनै उतारचढाव आएको छैन भन्दै डा थापाले भने, “अहिलेसम्म १९५० को सन्धिदेखि लिएर सीमासम्मका विषयमा आफ्ना अवधारणा प्रस्तुत गरिएको छ, यसलाई सकारात्मकबाहेक अरु केही भन्न सकिँदैन ।” केही महिनाभित्र सकारात्मक प्रतिवेदन दिईने विश्वास दिलाउँदै उनले आफूहरुले सकारात्मक वार्ताका माध्यमबाट दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने लक्ष्य लिइएको बताए ।

भारतीय पक्षका संयोजक कोशियारीले इपिजीको प्रतिवेदनबाट कोही पनि निराश नहुने विश्वास व्यक्त गरे । उनले भने, “म भारतीय सरकारको पक्षबाट यो प्रतिबद्धता व्यक्त गर्छु कि प्रतिवेदनबाट दुई पक्ष खुशी हुनेछन्, कोही पनि निराश हुनुपर्ने छैन ।”

विसं १९५० को सन्धि, व्यापार, वातावरण, जलविद्युतलगायत विभिन्न विषयमा आधारित भएर बैठकमा छलफल भएको बताउँदै संयोजक कोशियारीले विकास, सहयोग र एक अर्का देशका चासोलाई विशेष ध्यान दिएर विचारविमर्श भएको स्पष्ट पारे । भारत–नेपालका सम्बन्धमा कहिलेकाहीँ गलत बुझाइ हुने गरेको उल्लेख गर्दै उनले  वार्तामार्फत दुई देशबीच भएका सन्धिसम्झौतालाई छलफल गरेर प्रष्टता ल्याउन लागिएको बताए ।

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धिसम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएअनुसार समूह गठन भएको थियो । सन् २०१६ जुलाईमा पहिलो बैठक बसेको इपिजीको कार्यकाल आगामी चार महिनामा समाप्त हुँदैछ । अर्को बैठक नयाँदिल्लीमा बस्नेछ । रासस 
 

 भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट इमरान खान दुःखी 

इस्लामावाद । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्र्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी

 विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु 

जेनेभा । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।  यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक

भियतनामका राष्ट्रपतिको निधन

हानोई, ५ असोज । भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै

किन सधैँ विवाद र चर्चामा रहन्छ म्यानमार

काठमाडौं । प्रजातन्त्रवादीको पर्याय बनेकी नोबेल पुरस्कार विजयी नेत्री आङ सान सुकीमाथि सैनिक तानाशाहीबाट भएका ज्यादतिका कारण अघिल्ला दशकमा सधैंजसो