राजनीतिक कथामा नयाँ मोड : माओवादी बिच्कियो, ओली समस्यामा

काठमाडौं । सपथ लिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर संकटमा परेका छन् । सपथकै सेरोफेरोमा सत्ता गठवन्धनमा गम्भीर विवाद सुरु भएको छ । यही विवादका कारण माओवादी केन्द्रले मन्त्रिमण्डलमा कसैलाई नपठाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका छन् । प्रारम्भिक मन्त्रिमण्डलमा माओवादी केन्द्र सहभागी भएन ।

‘अहिले हामी मन्त्रिमण्डलमा जाँदैनौं,’ माओवादी केन्द्रका एक उच्च नेताले सरल पत्रिकालाई भने । उनका अनुसार पार्टी एकीकरणमा सैद्धान्तिक विवाद देखिएकाले मन्त्रिमण्डलमा तत्काल नजाने अनौपचारिक निर्णय गरिएको हो ।

माओवादी केन्द्रबाट मन्त्रिमण्डलमा नाम पर्खंदा सपथ ग्रहण समारोह नै केहीबेर ढिला भएको थियो । राष्ट्रपति कार्यालयमा आयोजित सपथ समारोह चार बजेका लागि निर्धारित थियो । तर, माओवादीको निर्णय पर्खंदा केही ढिला भएको थियो । 

एमालेले पार्टी एकीकरण गर्दा सम्मानजनक एकीकरण नगरेर माओवादी केन्द्रलाई विलय गराउन खोजेको आरोप माओवादी नेताहरुको छ । उनीहरुका अनुसार बहुदलीय जनवादलाई सम्पूर्ण रुपमा स्वीकार गरेर माओवाद या माओ विचारधारालाई पूरै परित्याग गर्नुपर्ने विचार एमाले नेताहरुले राखे । यसैका कारण समस्या उत्पन्न भएको उनीहरुको भनाई छ । 

‘पार्टी एकीकरण नहुने हो भने ओलीलाई फरक पार्टीका नेता तथा प्रधानमन्त्री र एमालेलाई फरक पार्टीका रुपमा माओवादी केन्द्रले व्यवहार गर्नेछ,’ माओवादीका ती नेताले भने ।

यसैबीच प्राप्त जानकारी अनुसार माओवादी केन्द्रका नेताहरु पनि आजै ओली प्रधानमन्त्री भएकोमा ‘चकित’ भएका छन् । सांसद पदको सपथ लिएपछि मात्र ओली प्रधानमन्त्री बन्छन् भन्ने माओवादी नेताहरुलाई लागेको थियो । 

‘राष्टपतिजीले पनि हतार गर्नुभयो, ओलीजीले पनि हतार गर्नुभयो, संवैधानिक प्रकृया नपुगेको हामीले देखिरहेका छौं,’ माओवादी केन्द्रका ती नेताले भने । 

उता, एमाले नेताहरुले चाहिँ ठूलो भाग खोज्न माओवादी नेताहरुले वार्गेनिङ मात्र गरेको दावी गरेका छन् । माओवादी केन्द्र चाँडै सरकारमा सहभागी हुने, सरकारमा सहभागी हुनुको विकल्प माओवादीसँग नरहेको एमाले नेताहरुको दावी छ ।

कांग्रेको विधान संशोधनमा तल्लो तहको पनि सुझाव लिईंदै (सुझाव लिन जाने नेताको नामावली)

 ललितपुर । नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ

जोशी विरुध्द महाअभियोग: \'गणितीय आधारमा न्यायालय तर्साउने नियत\'

काठमाडौं ।  संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएपछि न्यायाधीशका रूपमा सर्वोच्च अदालतमा काम गरिरहेका दीपकराज जोशीविरुद्ध

छलफल नै नगरी कानून ल्याउँदा मुलुक समस्याः महन्थ ठाकुर

पर्सा, ५ असोज । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा आवश्यक छलफल र राजनीतिक दलसँग परामर्श नै नगरी सरकारले कानून ल्याएका कारण मुलुकभरी

 नयाँ अख्तियार प्रमुखको वाचा-\'भ्रष्टाचार विरुध्द प्रभावकारी परिणाम निकाल्छु\'

काठमाडौं । संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ