नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

गौर, रौतहट, २ फागुन । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । 

विश्रामपुरमा रहेको नगरपालिकाको केन्द्र अन्य ठाउँमा सार्न लागिएको भन्दै स्थानीयवासीले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए। 

झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका १६ र तीन स्थानीयवासी घाइते भएका छन् । 

नगरपालिकाको कार्यालय विश्रामपुरबाट साविक सबै गाविसको केन्द्रबिन्दु चमनपुरमा सार्न कार्यपालिकाको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीयवासीले बैठककक्षमै प्रवेश गरी अवरोध गर्न खोजेपछि झडप शुरु भएकोे प्रहरी निरीक्षक थापाले बताए। 

स्थानीयवासीले बैठकमा बसेका महिला तथा पदाधिकारीमाथि हातपात समेत गरेको नगर प्रमुख रामस्नेही यादवले बताए। स्थानीयवासीको आक्रमणबाट पचासभन्दा बढी कुर्सी, झ्यालका सिसा, नगरपालिकाको निर्णय पुस्तिका नष्ट भएको नगर प्रमुख यादवले बताए। 

स्थानीयवासी रामनाथ सहनीले कुनैपनि हालतमा नगरपालिकाको केन्द्र सार्न नदिने बताउनुभयो । नगरपालिकाको कार्यालय यथास्थानमै रहनुपर्ने माग गर्दै स्थानीयवासीले कार्यालय सार्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् । रासस

कर्णालीको सिमकोट गाउँपालिकामा मोबाइल एप्स

हुम्ला, ४ कात्तिक । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकाले मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक

बाँदरलाई हानेको गोली लागेर सुरेन्द्रको मृत्यु

हुम्ला, ४ कात्तिक । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार

दुर्घटनामा पाँच जनाको मृत्यु

कावासोती, ४ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने

इन्डियल आईडलबाट अनु मलिकको राजिनामा

नयाँ दिल्ली । इन्डियन आईडलको जजबाट अनु मलिकले राजिनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले ‘इन्डियन आईडल सिजन १०’ छोडेका हुन् । उनले