ओली प्रधानमन्त्रीका सर्बसम्मत उम्मेदवार

काठमाडौं २ फागुन। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेको छ । ललितपुर मानभवनस्थित एक ब्यापारीको घरमा जारी स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले  बताए।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको गृहकार्य सो पार्टीले गरेको छ। 

प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले सपथ नै लिन बाँकी रहेकाले दलको नेता चुन्न बाँकी छ । तर अव स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेपछि दलको नेतामा समेत  सर्बसम्मत हुने भएका छन्। 

यस अघिनै  एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको थियो।

२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ। एमालेका १२१ र माओवादीका ५३ सांसद छन्।

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता

  दशैंका बेला उत्तरकाशीतिर रामचन्द्र

काठमाडौं । दशैं लागेकाले होइन,अरु नै कारणले कांग्रेसका केही नेताहरुमा हिन्दूत्वप्रतिको मोह बढ्न थालेको छ । बुढ्यौली लाग्दै गएपछि धर्मकर्ममा मन