प्रदेश नं ५ को सभामुखमा घर्ती निर्विरोध 

बुटवल, २ फागुन ।  प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वा्चित सदस्य पूर्णबहादुर घर्ती निर्वा्चित भएका छन् । प्रदेश नं ५ को आज बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वा्चित गरेको हो । 

सभामुख पदका लागि हिजो भएको उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएको सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घोषणा गरेका थिए । 

आजको बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि सभामुख बलदेव शर्मा पोखरेलले निर्वा्चित भएको घोषणा गरेका थिए। 

रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वा्चित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीय बासिन्दा हुन् । बुबा वीरबहादुर घर्ती र आमा जयकली घर्तीका छोराको रुपमा २०२४ असार २९ गते उनको  जन्म भएको हो । उनकका श्रीमती सीता आचार्य र एक छोरी लिचुन घर्ती मगर छन् । 

विसं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लागेका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेबारी सम्हालेका थिए । पछिल्लोपटक घर्ती नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य समेत रहेका थिए। रासस
 

कर्णालीको सिमकोट गाउँपालिकामा मोबाइल एप्स

हुम्ला, ४ कात्तिक । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकाले मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक

बाँदरलाई हानेको गोली लागेर सुरेन्द्रको मृत्यु

हुम्ला, ४ कात्तिक । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार

दुर्घटनामा पाँच जनाको मृत्यु

कावासोती, ४ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने

इन्डियल आईडलबाट अनु मलिकको राजिनामा

नयाँ दिल्ली । इन्डियन आईडलको जजबाट अनु मलिकले राजिनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले ‘इन्डियन आईडल सिजन १०’ छोडेका हुन् । उनले