प्रचण्डलाई कसले बनायो तिलस्मी देवदूत ?

को शक्तिशाली भन्ने विषयलाई लिएर भगवान् विष्णु र देवराज इन्द्रबीच बहस चल्यो । बहसको निष्कर्ष नसकिँदै इन्द्रलाई सनक चढ्यो । उनको विश्वास थियो– ‘पृथ्वीबासीको रक्षाका लागि सम्पूर्ण देवगण मेरो शरणमा आउनेछन् ।’ यही सोचेर मेघलाई वर्षा नगराउन आदेश दिए । तत्काल वर्षा रोकियो । वर्षा रोकिएपछि मानव लोकमा कोकोहोलो मच्चिएला भन्ने इन्द्रको विश्वासले चित खायो । आफू कर्तव्यच्यूत भइयो भने सन्ततिले कर्मको बाटो बिर्सन सक्छन् । यो सोचेर किसानहरू खडेरीमा गई खेत जोत्न थाले । यो देखेर भ्यागुतो आश्चर्यचकित भयो । सोच्यो– यदि मैले पानी नआएको भनेर टर्टराउन बिर्सिएँ भने त्यो मेरो धर्मविपरीत हुन्छ । ऊ पनि घोक्रो तानी तानी टर्टराउन थाल्यो । भ्यागुतो टर्टराएको सुनेर आश्चर्यचकित हुँदै मयूरले अनर्थको काम नगर्न सल्लाह दियो । सम्झाउँदै भ्यागुतोले भन्यो– ‘मयूर भाइ, हामीले कर्तव्य कहिल्यै बिर्सनु हुँदैन । आफ्नो कर्तव्यबाट हात धुनु महापाप हो । हाम्रो अधिकार भनेको कर्म गर्नु हो । कर्म गरेपछि फल नपाइने कुरै छैन ।’ भ्यागुताको भनाइ मयूरलाई चित्त बुझ्यो । ऊ पनि विन्दास ढंगले पखेटा फिँजाएर नाच्न थाल्यो ।

आफ्नो आदेश कार्यान्वयन भएको हेर्न इन्द्र पृथ्वीमा झरे । उनी जताततै कोलाहल मच्चिएको हेर्न लालायित थिए । तर आश्चर्य ! सबै आफ्नो काममा निर्लिप्त देखेर होसहवास उड्यो । व्यर्थको मिहिनेत नगर्न आग्रह गर्दा उल्टो किसानले भनिदिए– ‘तपाईं आफ्नो काम नगर्न स्वतन्त्र हुनुहुन्छ तर हामीलाई कार्म गर्न दिनुस् । किनकि कर्म नै धर्म हो ।’

किसानको भनाइले इन्द्रको आँखा खुल्यो । उनलाई लाग्यो– ‘आज जुन देवराज इन्द्रको पद पाएको छु, त्यो मेरो कर्मका खातिर हो । यदि कर्मबाट विमुख भएँ भने संसारले गर्ने आदर–सम्मानबाट म वञ्चित हुन्छु । बद्नामीबाहेक हात केही लाग्ने छैन ।’ उनले तत्काल मेघलाई पानी बर्साउन आज्ञा दिएर गल्तीको प्रायश्चित गर्दै स्वर्गलोक फर्किए ।

भनिन्छ– भगवान्, डाक्टर र न्यायाधीशको अघिल्तिर पुगेर भूmटो बोल्न हुँदैन । तर हामीले भोगेको यथार्थ भन्छ– सबैभन्दा सत्य कहानी भट्टीले सुनेको हुन्छ भने झुटो प्रलापको साक्षी अदालत बन्ने गर्छ । बाँझो खेतबारीमा काम गर्न कम्मर कस्ने हो भने १० लाख युवा देशमै ठाउँका ठाउँ खपत हुन्छन् । यदि एक चौथाइ युवाले कोदो खेती गरिदिने हो भने अरू केही नभएपनि भट्टीमा आत्मनिर्भर भएको सुखद समाचार प्रवाहित हुने थियो । भारतबाट आयातित कोदोबाट बनेको जाँडपानी खाने अनि डोनाल्ड ट्रम्प, नरेन्द्र मोदीको राजनीतिक भविष्यलाई लिएर चिन्ता गर्ने मनोवृत्तिमा सुधार नआएसम्म नेपालमा जुनसुकै तन्त्र आएपनि त्यसले सुखद परिणाम नल्याउने निश्चित छ । 

नेताविरुद्ध फेसबुके राजनीति छाडेर जनता पाखुरी बजार्ने काममा अग्रसर भएको भए आज शेरबहादुर देउवा, केपी ओली, प्रचण्डजस्ता शीर्ष नेताहरूको अवस्था देवराज इन्द्रको जस्तो भइसक्ने थियो । चैतमा हलोका सियोमा मकै छरेर भारत पसेको एउटा ठिटो ५ महिनापछि आपैंmले रोपेको मकैको बोटलाई ‘ए लम्बा लम्बा पतेवाला पेड क्या हे’ भन्ने तोरी लाउरे प्रवृत्तिलाई क्रान्तिकारीको दर्जा दिएर राजहाँस बनायौं । जसले राजनीतिक कोलाजभित्रको रंग झन्झन् फिका देखिन थाल्यो । सिंहदरबारको कुर्सीमा आसिन शासकभन्दा सिंहदरबार भजाउने दलालहरू शक्तिशाली बन्दै गए ।

देशका विज्ञहरू आफ्नो विषयमा कम अरू विषयमा बढी चतुर भएर निस्कन थाले । कालो कोट लगाउने वकिलहरू वकालतभन्दा जग्गा बेचबिखनको धन्दामा जमे । पत्रकारको कलम लेखाइमा थोरै, दाइहरूलाई सल्लाह दिन धेरै बिक्न थाल्यो । सम्पत्तिका नाममा एउटा चिउरा मिल नभएकाहरू निजीक्षेत्रका नेता दरिए । राजनीतिको पहिलो खुड्किलोमै पछारिएकाहरू मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको अवतारमा अनुवाद भए । जिन्दगीमा जसले एउटा पुस्तक सग्लो पढेको छैन, तिनीहरू देशलाई काम नलाग्ने डाक्टरको पदवी बोकी स्वघोषित बुद्धिजीवी भएर शहर पसे । बैंकहरूले कालोसूचिमा नाम डामेकाहरू खुला अर्थतन्त्रका मतियार भए । सिंहदरबार यस्तो ७६ औं जिल्ला प्रमाणित भएको छ, जहाँ पस्दा मै हुँ भन्ने माइकालाल फर्किंदा रुझेको बिरालो बन्दै निस्किएका छन् । प्रकारान्तरले चौथो संस्करण बनेका प्रधानमन्त्री शेरबहादुर देउवा कलंकै कलंकको भारी बोकेर पदबाट निसृत हुँदै छन् । 

हरेक राजनीतिक प्राणी सत्तामा हुन्जेल गोलचक्करमा फस्ने, त्यहाँबाट झरेपछि जाँडको धङधङेले नछोडेको जँड्याहाजस्तो भएर जीवन गुजार्नेहरू थुप्रै छन् । यसैको परिणाम चटकमा मुलुक सिंगापुर बनाउनेदेखि लिएर स्याटेलाइटबाट बिजुली बत्ती बाल्नेहरूसमेत देखा परे । यिनीहरूलाई के थाहा ? घोडाको सुन्दर तस्बिर बनाउनु र तबेलामा घोडा पाल्नुबीच आकाश पातालको अन्तर छ ।

एउटा समय थियो– हरेक मानिसले सुरक्षाका लागि धनुकाँडा बोक्थ्यो । कोही गुलेली बोक्थे । कोही तीर उध्याउँथे । निशस्त्र महिलाहरू केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे । खुर्सानीको धुलो बोक्थे । समय परिवर्तनसँगै ओहोदा र सामथ्र्य हेरेर मानिसहरूले भरुवा बन्दुक राख्न थाले । राज्यले आत्मसुरक्षाका यी उपाय आपूmले गर्ने ढाढस दिँदै हतियार आफ्नो नियन्त्रणमा लियो । जनताको शरीरमा घात हुन नदिने बचन दिएपछि जनता आश्वस्त भए । तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा लेखिएका शब्दबाहेकका खेलबाट जनता आहत हुन थाले । जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो । दर्ता चलानीको कामसमेत शुभलाभविना नहुने दिन आए । हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ । राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन । कर्मचारी सेवाग्राही चिन्दैनन्, बिचौलिया चिन्छन् । राजा त्रिभुवनलाई त्रास देखाई दिल्ली भगाएर चारवर्षे बच्चोलाई राजा बनाउनेदेखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतको रूपमा अवतरण गराई एक दशक बीचमा नांगेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ । केपी ओलीलाई पानीजहाज, ग्यासपाइप, बुलेट रेलका विषयमा मच्चीमच्ची भाषण गराउनेहरूले यसरी जोकर बनाइदिए कि सरकारको कार्यकारी प्रमुखले बोलेको विषय हावामा तरवारको प्रहारजस्तै भयो ।

राजा ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने भोजराज घिमिरे चरित्रले सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो । त्यसैको परिणाम नेपालको निजामती प्रशासनभित्र २५ प्रतिशत टे«ेड युनियनका नाममा, २५ प्रतिशत तदर्थवादका नाममा, २५ प्रतिशत अख्तियार, कानुनको त्रास देखाएर हाजिर गरी जागिर पचाइरहेका छन् । बाँकी २५ प्रतिशतले धानेको सरकारी सेवा कस्तो होला, आपैंm अनुमान लगाउन सकिन्छ । समकालिन नेताहरूमा साद्गी जीवन बिताउने छाँटकाँट कसैमा देखिँदैन । एउटा सामान्य पदासीनलाई पनि गाडीघोडा, पछुवाको भोक छ । कानुनले कुनै व्यवस्था नगरेका पूर्वमन्त्रीहरू गार्ड लिएर तेस्रो ग्रहबाट झरेको मानिसका रूपमा समाजमा आपूmलाई परिचित गराउन खोजिरहेका छन् । समयको माग भएर कुर्सीको आवश्यकता बन्नु र काकताली परेर पदमा पुग्नुको अन्तर नै यही हो । यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरूमा आएन । पूmलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताको हात शीर्ष नेताहरूको गालामा पुग्दा पनि उनीहरूको कार्यशैलीमा बीसको उन्नाइस सुधार भएन ।

कथित जनयुद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरूलाई थाहा छ छैन, ती ठाउँको जिल्ला अदालतले गरेको आधा पैmसला सम्बन्ध विच्छेदका छन् । विकासमा कालिकोटको कुरा गर्दा थानकोट र पेटीको कुरा गर्दा केटी भनेर बुभ्mने देशका सारथीहरूले आपूmलाई परिवर्तनसँग कहिल्यै रूपान्तरण गरेनन् ।

एकदिन एक जना राजनीतिज्ञ मित्रको पक्षमा वक्तव्य दिन मार्क ट्वेन प्लेटफर्ममा उभिए । विपक्षी दलका विरोधीहरूको हुटिङले बोल्न मुस्किल परिरहेको थियो । त्यतिमात्र हैन, एक जनाले त बन्दाकोबीले नै झटारो हान्यो । जब बन्दाकोभी ट्वेनको अगाडि खस्यो, उनले त्यसलाई हेर्दै भने– ‘महिला तथा सज्जनवृन्द, हाम्रा विपक्षीमध्ये एउटाको काटिएको शिर मेरो खुट्टाको छेउमा लडिरहेको छ । सम्बन्धित पक्षले पोष्टमार्टमका लागि लानुहोला ।’ सत्यको बाटो घुमाउरो हुन्न । यदि सत्यमाथि अत्याचार, व्यभिचार गरियो भने मार्क टवेनको ठट्टामा सत्य घटना बन्न कत्तिबेर लाग्दैन । 
आपूmले टेकेको जमिनको माटो समाएर कसम खाँदै अघि बढ्ने हो भने इतिहासमै कल्पना नगरिएका काम जुनसुकै सरकारले गर्नसक्छ । यदि कमिलालाई असर पर्छ भनेर हात्ती हलचल नगरी बस्ने हो भने त्यही कमिलाले हात्तीको सुँढमा पसेर के गर्छ कालान्तरमा त्यो त्यही हात्तीलाई थाहा हुन्छ कि कमिलालाई ।

पञ्चायतमा राजाका आसेपासेले खाई खेलेको देखेपछि बहुदलका समर्थकहरू धारे हात लगाउँथे । बहुदल समर्थकहरूले खाएको देखेर भाउन्न भएका माओवादीको क्रान्ति दाँती मिलेका महलमा बस्न र सुविधासम्पन्न बाहन चढ्न थालेपछि अन्त्य भयो । सरकार मनमौजी गर्ने गुठी नभएर काम र कर्तव्य सम्पादन गर्ने सत्मार्ग भन्ने सत्य आत्मसात् नभएसम्म गल्तीहरू प्रतिस्पर्धाका माध्यम बन्ने छन् । त्यसैले भोलि पाउने मुजूरभन्दा आज पाउने परेवा महत्वपूर्ण हुन्छ भन्ने सत्य सबैले आत्मसात गर्नु बुद्धिमानी हुनेछ । (२ फागुनको जनआस्था साप्ताहिकबाट साभार) 

आईजी सा‘पलाई प्रश्न

विगत केहि महिना अगाडिबाट एक पछि अर्को गर्दै निकै रफ्तारमा हाम्रो समाजमा घटनाहरु घटिरहेका छन् । भक्तपुरमा ११ वर्षको बालक निशान खड्का यहि वर्ष अगष्ट

वामदेव काण्ड: प्रचण्ड सफल, ओली विफल

नेकपा नामको जहाजमा दुईजना पाइलट छन् । एकजना केपी ओली, अर्का पुष्पकमल दाहाल प्रचण्ड । ओलीले जहाज एकातिर लैजान खोज्दैछन्, प्रचण्ड विपरिततर्फ जहाज लैजान

बौद्धिकता राजनीतिः के हो बौद्धिकता ?

बौद्धिक वा बौद्धिकता भन्ने अवधारणाहरू जति पुराना हुन, तिनमा अन्तर्निहित राजनीति पनि त्यति नै पुरानो हो । समय अनुसार यो राजनीतिका स्वरूप परिवर्तन भए

वामदेवले चुनाव जिते देशले चाहिँ हार्नेछ

उपचुनावमा वामदेव गौतम हारे भने के हुन्छ ? जिते भने के हुन्छ ? १) जिते भने : वामदेवको जितलाई नेकपाको जित मानिने छैन । यो सरकारको जित पनि मानिने छैन ।