काँग्रेसले किन छुटायो पिछडिएको क्षेत्र

काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ । 

काँग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाइ रंगमती शाहीको नाम राखेको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । 

नाम थपिएका विष्ट र शाही दुबै पिछडिएका क्षेत्रबाट परेका हुन् । यस अघिको सूचीमा नाम रहेका पाण्डे र शर्मा दुबै खस÷आर्य कोटामा परेका थिए । काँग्रेसले बुझाएको समानुपातिक सूचीमा पिछडिएको क्षेत्रबाट कुनै पनि प्रतिनिधित्व नभएको भन्दै आयोगले सच्याउन दुई दिनको समय दिएको   थियो । 

काँग्रेसले यस अघिको सूची सच्याएर आजै आयोगमा बुझाउँदैछ । आयोगले दलहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फको सिटअनुसार सूची बुझाउन दोस्रो पटक दिएको समय आज सकिदैछ । 

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माघ २९ गते बसेको बैठकले समानुपातिक स्थानमा नामावली टुंगो लगाई सोही दिन आयोगमा सूची बुझाएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ काँग्रेसले ४० स्थान प्राप्त गरेको छ । रासस

कर्णालीको सिमकोट गाउँपालिकामा मोबाइल एप्स

हुम्ला, ४ कात्तिक । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकाले मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक

बाँदरलाई हानेको गोली लागेर सुरेन्द्रको मृत्यु

हुम्ला, ४ कात्तिक । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार

दुर्घटनामा पाँच जनाको मृत्यु

कावासोती, ४ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने

इन्डियल आईडलबाट अनु मलिकको राजिनामा

नयाँ दिल्ली । इन्डियन आईडलको जजबाट अनु मलिकले राजिनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले ‘इन्डियन आईडल सिजन १०’ छोडेका हुन् । उनले