एमाले माओवादी एकतामा मर्यादाक्रमको सकस (यस्तो छ प्रस्तावित मर्यादाक्रम)

काठमाडौं । एमाले र माओवादीबीच एकताका लागि मर्यादाक्रम र कमिटीको संख्या मिलाउन सकस  परेको छ। विभिन्न स्थानमा पटकपटक पार्टीका शीर्ष नेताहरुले छलफल गरेपनि यस बिषयमा ठोस निष्कर्ष निस्केको छैन। पार्टी  एकताको खाका तयार गर्नका लागि आजै एकता संयोजन समितिको बैठक बस्दै छ।

 एकताका लागि माओवादी केन्द्रमा भन्दा एमालेमा बढि दवाब परेको स्रोतले बतायो। माओवादीलाई उसले मागेको भाग दिएर भएपनि सरकार बनाउनु पर्नेमा एमाले सबैको एकमत रहेको छ। मुखमा आएको सरकार फुत्कन सक्ने भन्दै एमालेमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि संस्थापन पक्षलाई झस्काई रहेको थाहा भएको छ।

एकता गर्ने भएपनि नेतृत्वको व्यवस्थापन कठिन भएको एक नेताले बताए। स्रोतका अनुसार अध्यक्ष र सह अध्यक्षमा केपी ओली र प्रचण्ड भएको खण्डमा अन्य पदाधिकारी नराख्ने बिषयमा आन्तरिक गृहकार्य भएको एक नेताले बताए। स्रोतका अनुसार सानो संख्याको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बनाउने कुरामा दुबै पार्टीका नेताहरुले सहमति जनाएका छन्।

स्थायी समितिमा एमालेमा अहिले रहेको मर्यादाक्रमलाई तल माथि नपारिने भएको छ। अध्यक्ष पछिको मर्यादाक्रममा सह अध्यक्ष हुने छन् भने त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ रहने गरी गृहकार्य भएको एक नेताले बताए। स्थायी समितिमा दुबैतर्फबाट महासचिवसम्मको संख्या समेटने समेत तयारी भएको ती नेताले बताए। 

एकता हँुदा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने र निर्वाचन चिन्ह सूर्य राख्ने सहमति भएको थाहा भएको छ। तर झण्डा भने हँसिया हथौडा नै रहने भएको छ।

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता

  दशैंका बेला उत्तरकाशीतिर रामचन्द्र

काठमाडौं । दशैं लागेकाले होइन,अरु नै कारणले कांग्रेसका केही नेताहरुमा हिन्दूत्वप्रतिको मोह बढ्न थालेको छ । बुढ्यौली लाग्दै गएपछि धर्मकर्ममा मन