‘हाम्रो प्रेम प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको हो’ 

तपाईँको बिचारमा प्रेम के हो?

प्रेम जीवनको अत्यन्त महत्वपूर्ण पाटो हो। प्रेमबिनाको जीवन निरस हुन्छ। त्यसैले जीवनलाई सरस बनाउने, जीवनमा उर्जा थपिदिने, जीवनलाई अत्यन्त मनोरञ्जक बनाउने जुन रस हो, त्यो प्रेमरस हो। त्यसैले म प्रेमलाई एउटा अत्यन्त महत्वपूर्ण रसको रुपमा लिन्छु।

यहाँहरुको प्रेम विवाह हो क्यारे, तपाईँ र शकुन्तलाजीको भेट कसरी भएको थियो? 

यो कुरा त मैले धेरै चोटि भनिसकेको छ। हामी सँगै काम गथ्र्यौं। मैले उनलाई प्रज्ञा प्रतिष्ठानमा भेटेको हूँ। म पनि प्रज्ञा प्रतिष्ठानमा काम गर्थें र उनी पनि त्यहिँ काम गर्थिन्। त्यहाँ काम गर्दागर्दै नै हाम्रो भेट भएको हो। उनी आफ्नो क्षेत्रमा कहलिएकी कलाकार। रेडियो नाटकमा कहलिएको थियो उनका नाम। सबैले मन पराउने स्वर, राम्रो अभिनय गर्ने र मञ्चमा पनि असाध्यै राम्रो अभिनय गर्ने अभिनेत्रीको रुपमा देखेको हुँ। जब म पछि प्रज्ञा प्रतिष्ठानमा गएँ, त्यतिबेला उनीसँगै काम गर्ने मौका पाएँ।

यहाँहरुको प्रेमको शुरुवात् चैं कसरी भयो नि?

काम कै शिलशिलामा भेट भएको हो। अब चिनाजानी नै गर्नको लागि त सँगै काम गर्नु परेन। अब यहाँ चाहिँ सँगै काम गर्ने क्रममा चिनाजानी भयो। चिनाजानी हुने क्रममा अझ नजिकबाट चिनिन्छ। नजिकबाट चिनिँदा एक अर्काका आनीबानीहरु, व्यवहारहरु, तौरतरिकाहरु, सभ्यताहरु, संस्कृतिहरु अत्यन्त सुक्ष्म रुपले एकअर्काका कुराहरु जान्ने, चिन्ने, परिचित हुने मौका पाईन्छ। अनि त्यो हुँदा ती व्यवहारहरु, ती सँधैका आनी बानीहरु बोलीचालीहरु यसै राम्रो लाग्न थाल्यो भने अनायासै मनको कुनै एक कुनामा त्यसले छाप पार्दौ रहेछ। म यसै यो हो भन्न सक्दिन। त्यसपछि मन आलादित हुने, मन तरंगित हुने र एकअर्का प्रति आकृष्ट हुने चाहिँ गरिँदोरहेछ। सायद त्यहि आकर्षण होला हामी एकअर्कामा बाँधिएका, जसलाई हामी प्रेमको संज्ञा दिन्छौं।

पहिलो पटक प्रेममा पर्दाको क्षण कस्तो हुँदोरहेछ? 

त्यस्तो केही पनि क्षण होइन। हामी सँगै नाटक गर्ने, सँगै हिँड्डुल गर्ने। उनी लाजिम्पाटमा बस्थिन्, म लैनचौरमा बस्थें। हामी सँगै जान्थ्यौं सँगै फर्किन्थ्यौं। उनी कहिले लैनचौर आउँथिन् त कहिले म लाजिम्पाट जान्थें। अफिस सँगै आउने नाटक सँगै गर्ने। स्टेज सेयर गथ्र्याैं। नाटकहरुमा काम गथ्र्यौ। यसो गर्दा सामिप्यता बढ्दै जान्छ। निकटता पनि बढ्दै जान्छ। एकअर्कालाई अत्यन्त नजिकबाट चिन्ने मौका पाइँदोरहेछ। त्यसपछि एककिसिमको आकर्षण बढ्दै जान्छ,यसैलाई प्रेमको संज्ञा दिन सकिँदोरहेछ।

पहिले प्रेम प्रस्ताव कसले राख्नुभयो?

पहिलो प्रेम प्रस्ताव मैले नै राखेको हूँ। त्यसमा त कुनै दुविधा नै भएन। मैले नै पहिला उनलाई उनी प्रतिको मेरो प्रेम व्यक्त गरेको हूँ।

 प्रेम प्रस्ताव राख्दाको क्षण कस्तो थियो?

मैले उनलाई ‘म तिमीलाई प्रेम गर्छु’ भन्नु परेन। विवाहको प्रस्ताव चाहिँ मैले गरेको हो। शब्दबाट भनौं तर प्रेम गर्छु पनि भन्नु परेन। मैले प्रेम गरें भनेर भन्दा पनि हाम्रो प्रेम भएको हो। उनले मलाई मन पराएको मलाई महशुस हुन्थ्यो। मैले उनलाई मन पराएको सायद उनलाई पनि महशुस हुन्थ्यो होला। फेरि त्यो त व्यवहारबाट पनि देखिन्छ नि। बोलीचालीबाट पनि देखिन्छ। त्यहि नै हो प्रेम। म प्रेम गर्छु भन्नै पर्दैन। 

तपाईँहरु विवाह बन्धनमा बाँधिनु भएको कति वर्ष भयो? 

हामी विवाह बन्धनमा बाँधिएको ४० वर्ष भइसक्यो। 

कस्तो किसिमको विवाह गर्नुभयो?

हाम्रो प्रेम र मागी विवाह भएको हो। दुबैको घर परिवारको सम्झदारीमा हाम्रो विवाह भएको हो। हाम्रो प्रेम र मागी बिवाह दुबै हो र पुरै बिधिविधान वैदिकपरम्परा अनुसार नै गरिएको बिवाह हो। त्यसैले यो औपचारिक रुपले बिधिसम्मत तरिकाले गरिएको प्रेम – मागी बिवाह हो। त्यो बेलाको क्षणको रमाइलोलाई धेरै किसिमबाट लिन सकिन्छ। मैले चाहिँ रमाइलो सँगै लिएँ। कसैलाई रमाइलो नलाग्न पनि सक्छ। यो रमाइलो भन्ने कुरा नितान्त व्यक्तिगत र अद्भूत कुरा रहेछ। व्यक्तिगत तौरतरिकामा फरक पर्दोरहेछ। म चाहिँ कुनै अवसरलाई कुनै क्षणलाई रमाइलोसँग लिन जान्दछु भने मेरो लागि त्यो रमाइलो भयो। त्यहि क्षण, अवसरलाई कसैले नरमाइलोसँग लियो भने त्यो नरमाइलो भयो। म चाहिँ हरेक कुराहरुलाई ग्रहण गरिसकेपछि त्यसलाई रमाइलोसँग नै लिन्छु।

त्यतिबेला तपाईँलाई शकुन्तलाजीको सबैभन्दा मनपर्ने पक्ष के थियो?

हा हा हा ! उनको मीठो बोलीचाली। शालीन व्यवहार। आकर्षक व्यक्तित्व। यिनै कुराहरु मलाई उनको मन पथ्र्याे। त्यतिबेलाको क्षण सम्झँदा निश्चय पनि एउटा जीवन सँगै बढाइरहेको र दुईवटा जीवन सँगै भएर दुई शरीर एक आत्मा भएर चल्नुपर्ने क्षणलाई अनुभूत गर्दा निश्चय नै रोमाञ्चित भईन्छ। त्यसलाई म एउटा रोमाञ्चक क्षणको रुपमा लिन्छु। अत्यन्त सुन्दर क्षणको रुपमा म लिन्छु र त्यो सुन्दरतालाई मैले अहिलेसम्म पनि पर सारेको छैन। म सँगसँगै लिएर हिँडिरेहको छु। म मात्र होइन हामी दुबैले लिएर हिँडिरहेका छौं। म एक्लैले लिएर हिँडे भने त्यो फेरि टिकाउ हुँदैन। दुबैजनाले त्यो सुन्दरतालाई बोध गर्दै, सुन्दरताको रसास्वादन गर्दै। सुन्दरतालाई हामी बाचुन्जेलसम्म यो हाम्रो छायाँ जस्तै चलिरहने एउटा क्षण हो भन्दै सुन्दरतालाई आत्मसात गरेर गयो भने लामो समयससम्म यो दिगो रहीरहन्छ र राम्रो हुन्छ। 

अहिले र पहिलेका प्रेम व्यक्त गर्ने कुराहरुमा के फरक पाउनुहुन्छ?

म भन्दा पहिला प्रेम गर्नेहरुको शैली र तरिका पनि अलिकति भिन्दै हुन्थ्यो होला। अहिले हरेक कुराहरुको सुविधाहरु उपलव्ध छन्। प्रेम प्रस्ताव गर्ने, डेटिङमा जाने। अहिले त मोबाइल र इन्टरनेटका सुविधाहरु छन्। हातहातमा मोबाइलहरु छन्। च्याट गर्ने, फोनमा कुराहरु गर्ने, डेटिङ गर्ने हरेक कुराहरु छन् तर मेरो पालामा त्यस्तो थिएन। मैले न कहिल्यै प्रेम गर्छु नै भन्नु पर्यो न हामीसँग त्यस्तो इन्टरनेट र मोबाइलको सुविधा नै थियो। त्यो पनि मलाई खासै आवश्यक परेन। तर अनुभूत भएको कुरा कहिले कतै डेटिङमा जानु पर्ने आवश्यक्ता नै परेन। केही चिठी पनि लेख्नु परेन। दुइजना सँगै बसेर फोटो खिचाउँ भन्नेसम्म पनि भएन। मसँग अहिले बिवाह भन्दा पहिलाको कुनै तस्वीरहरु छैनन्। हामीले तस्बिर नै खिचाएनौं,त्यो आवश्यकता नै परेन। अहिले त जताततै फोटा नै फोटाहरु छन्। फेसवुक मोबाइलले सबै सुविधा गराईदिएको छ। त्यसैले अहिले समय परिवर्तन धेरै भइसक्यो। अहिलेका युवायुवती निकै फास्ट छन् र उनीहरुले समय र उमेरलाई कसरी सदुप्रयोग गर्नुपर्छ भन्ने कुरा पनि जानेका छन्। हामीलाई त्यतिबेला एउटा अनुशासित रुपमा घरपरिवारबाट अनुमती लिएर जानुपर्ने अवस्था हुन्थ्यो । अहिलेको जस्तो तडकभडक पनि केही थिएन।

 प्रस्तुति – सुकृत नेपाल 

 


  
 

प्रदेशलाई प्रदेशकै रुपमा बुझ्नुपर्छ, ती अलग राष्ट्र होइनन्ः प्रम ओली

काठमाडौँ ।  संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना

\"अर्थ सचिब राजन खनालको चरीत्र देखेर छक्क परें\" सोमलाल सुबेदी,पूर्व मुख्य सचिब

म देशको प्रतिनिधित्व गरी एसियाली विकास बैंकमा वैकल्पिक कार्यकारी निर्देशकमा इमान्दारीपूर्वक काम गर्दै थिएँ । छापामार शैलीमा मलाई फिर्ता बोलाइयो ।

 जोशीको नाम अनुमोदन गर्नुहुँदैन, निरु पाल,संसदीय सुनुवाई विशेष समिति सदस्य

संसदीय सुनुवाई विशेष समिति अनिर्णयको बन्दी भयो । किन ? खै, अनिर्णयको बन्दी किन बनाउन खोजेका छन्, मलाई पनि थाहा छैन । पटकपटक बैठक बस्ने, निर्णय गर्न

उनको पाइलट बन्ने सपना थियो तर......!

उनले शक्तिकेन्द्रमा ठोकिन आउने ठूला साना किसिमका आफ्ना लागि भक्ति गाउन झुम्मिने झुण्डहरुका एक होईन अनेक दृश्यहरु देखेका छन् । कहिले अप्रत्यक्ष