बुध्द जन्मस्थलमा किन घुम्दैछन् विदेशी पुरातत्वविद् 

 

कपिलवस्तु, १ फागुन । कपिलवस्तु तथा त्यस आसपास क्षेत्रमा रहेका बौद्ध सम्पदाको ऐतिहासिक तथ्यको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय पुरातत्वविदलाई स्थलगत भ्रमण तथा अध्ययन गराइएको छ । 

विज्ञको संयुक्त टोलीलाई आज स्थानीय सगरहवा, निक्लिहवा, अरौराकोट तथा लुम्बिनीका पुरातात्विकस्थल घुमाइएको छ । पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय तथा लुम्बिनी विकास कोषको आयोजनामा त्यस क्षेत्रको पुरातात्विक महत्व उनीहरुलाई बुझाइएको हो । 

ती क्षेत्रमा उत्खननका लागि अन्वेषण गर्न बंगलादेश, श्रीलंका, पाकिस्तान, बेलायत र इटलीका गरी १३ जनाको विज्ञ टोली गत महिना नेपालमा आएको थियो । 

भूभौतिक सर्भेक्षणबाट पुरातात्विकस्थल वरपरका जमिनको सतहभित्रको अवस्था बुझ्न र नयाँ तथ्य फेला पार्न आवश्यक उपायको अवलम्बन गर्न सकिन्छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले युनेस्को जापानीज फण्ड इन ट्रष्टको आर्थिक सहयोगमा केही वर्षदेखि तिलौराकोटमा भइरहेको उत्खनन कार्यले उक्त स्थानमा इपु ८०० वर्ष पुरानो मानव सभ्यता रहेको प्रमाण प्राप्त भएको जानकारी दिए। 

उत्खननबाट पाइएका विभिन्न पुरातात्विक सामग्रीको वैज्ञानिक परीक्षणपछि विभागले सो तथ्य बाहिर ल्याएको छ । रासस

जीवनमा कस्ता सूचना गोप्य राख्नुपर्छ ?

चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा अर्थशास्त्री हुन्  । उनको जीवन दर्शन पूर्विय दर्शनमा एक महत्वपूर्ण दर्शनका रुपमा लिइन्छ । उनी कुटिल

कस्ता कन्या भाग्यशाली हुन्छन ?

काठमाण्डौ । प्राचीन पूर्विय दर्शनमध्ये सामुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो । जसले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको

विजयादशमीको  टीका साइत बिहान ९ः५१ मा

काठमाडौं । यसवर्षको बिजयादशमी टीका साइत शुक्रबार बिहान ९ः५१ मा रहेको छ । राससका अनुसार, विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल

 आज बडादशैँको महानवमी 

काठमाडौं, १ कात्तिक । आज बिहीबार देशभर महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।  आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा