संविधानसभाले पुरानै संसदीय व्यवस्था जन्मायोः बैद्य

काठमाडौँ, २९ माघ ।  नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताएका छन्।  

तेइसौँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना वक्तव्य दिँदै महासचिव वैद्यले नयाँ जनवादी क्रान्तिको उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हुने बताए। 

दश वर्षको जनयुद्धका बीचबाट जन्मिएको संविधानसभाले संसदीय व्यवस्थाकै पुनर्बहाली गरी संविधान बनाएको भन्दै यसले देश र जनताको सपना साकार हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ । 

वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र बन्दै गएको महासचिव वैद्यले आरोप लगाएका छन् । जनयुद्ध दिवसको अवसरमा जनयुद्धका अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि, बेपत्ता योद्धाको स–सम्मान संस्मरण र जनयुद्धमा घाइते अपांग बनेका सम्पूर्ण योद्धाप्रति महासचिव वैद्यले सम्मान प्रकट गरेका छन्। रासस 
 

योगेश र जगन्नाथको भाग यसरी खोसियो

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न सांसदहरुलाई समेत गाह्रो छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका तनहुँका नेकपाका

यस्तो छ प्रधानमन्त्री ओलीको अरिंगाल मोह

दुईतिहाई भन्दा बढी सांसदको समर्थनमा निर्वाचित शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीका बोलीको ओज पछिल्ला दिनहरुमा नजानिँदो तरिकाले घट्दै गएको छ ।

‘देउवाको फेरी सभापति बन्ने सपना महाधिवेशनले टुंग्याउँछ’

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र

भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउँदै ?

गत भदौ १४ र १५ गते आयोजना भएको बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरमा पुनः नेपाल आउने भएका छन् । भारतीय