‘बहिनीभन्दा कान्छा’ बस्न्यात अख्तियारबाट बिदा हुँदै

काठमाडौं,२९ माघ। फागुन २ गतेबाट अनिवार्य अवकाश पाउन लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात मंगलबारदेखि घरबिदामा बस्न लागेका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा छँदा पहेंलो धातुको कारोबारसँग नाम जोडिएर विवादमा परेका बस्न्यात दुई दुईवटा मुद्दा किनारा नलागी थाँती रहँदै अख्तियारको प्रमुख बन्न सफल एक उदाहरणीय व्यक्तित्व मानिन्छन्।

उनले पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीले अनुुसन्धानका लागि तयार गरेको रणनीतिको सूचना केही राजनीतिक दलका नेतालाई उपहार दिएकै कारण शक्तिशाली पावर ब्रोकर समूहको सहयोगमा प्रमुख आयुक्तको आशनमा बस्न पुगेको जानकार सूत्रले बताएको छ। 

अख्तियारमा लामो समय सेवा गरिसकेका एक प्रशासकले व्यंगपूर्ण शैलीमा भने – ‘बस्न्यात सर त आफ्नी सहोदर बहिनीभन्दा पनि उमेरमा कान्छा हुनुहुन्छ नि !’ बस्न्यातले सरकारी सेवामा लामो समय योगदान गर्ने उदेश्यले नागरिकतामा उमेर संशोधन गर्दा बहिनी भन्दा कान्छो हुनपुगेको ती प्रशासकको दावी छ।

बस्न्यातले अवकाश पाएपछि मंगलबारदेखि उनका उत्तराधिकारीका रुपमा आयोगका वरिष्ठतम् आयुक्त नवीनकुमार घिमिरेले आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नेछन्। प्रमुख आयुक्तले अवकाश पाएको अवस्थामा वरिष्ठ आयुक्त कार्यवाहक हुने कानुनी प्रावधान छ। 
सरकारी सेवामा रहँदा स्थानीय निकाय हुँदै गृह र रक्षा सचिबको जिम्मेवारी सम्हालिसकेका घिमिरे एक अनुभवी प्रशासकका रुपमा चिनिन्छन्। 
एमालेको कोटामा आयुक्त नियुक्त भएका घिमिरे बरिष्ठताका आधारमा आयोगको प्रमुख आयुक्त हुने सम्भावना छ।  


 

राष्ट्रकविलाई राष्ट्रपतिबाट जन्मदिनको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुगेर

 अश्लिल सामग्रीको प्रकाशन/प्रसारणमा रोक

काठमाडौं ।  सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको

घरायसी लिखतका भरमा सरकारी जग्गा किनबेच

२०३९ सालमा झापाबाट इलाम–फिदिम–जोरपोखरीहुँदै ताप्लेजुङ जाने मेची राजमार्ग विस्तारको काम अघि बढ्यो । मोटरबाटो खुलेपछि धेरैले राजमार्ग

क्षमता  एघार हजारको, कैदीबन्दी बीस हजार

काठमाडौं । नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् ।  विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा