६७ दिन तड्पाएर एमालेले रणकुमारीका नाम काट्योे 

काठमाडौ, २९ माघ । रणकुमारी मगर ओखलढुंगाको  बिकट मानिएको मानेभन्ज्याङबाट राजनीति शुरु  गरेकी एमालेकी कार्यकर्ता हुन्। नेपाली कांग्रेसको दवदवा भएको ठाँंउमा  एउटी मगरकी छोरीले  राजनीति शुरु गरिन्। 

  उनी साँच्चै नेपाली जनताको प्रतिनिधित्व गर्ने एउटा समुदायको छोरी थिईन्। आफ्नो बिहे भएर सिन्धुली आएपछि उनले सिन्धुलीलाई आधार मानेर काठमाडांैमा सम्पर्क मंचबाट राजनीतिक यात्रालाई निरन्तरता दिईन्। 

पार्टी संघीय संरचनामा गएपछि उनी प्रदेश नं ३ को सम्पर्क समन्वय कमिटीमा सचिव भईन्। यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा उनी सम्पर्क समन्वय कमिटीबाट जनजाती महिला तर्फ शिफारिसमा भईन् । त्यो पनि ११ नम्बरमा । संयोग कस्तो भने प्रतिनिधिसभाको समानुपातिक निर्वाचन परिणामले उनको संख्यालाई अन्तिम मान्यो।अर्थात् पार्टीले आदीवासी जनजाती महिला तर्फ पाएको ११ औं नम्बरमा उनको नाम थियो। 
मगर लगायत सबैले उनलाई सांसद भएको भन्दै बधाई दिए। उनी ढुक्क थिईन्। 

आईतबार एमाले केन्द्रीय कार्यालयमा १ बजे स्थायी समितिको बैठक बस्नु अघि उनको नाम ११ औं नम्बरमा थियो। तर बैठक सकिँदा उनको नाम काटिईसकेको थियो। उनले आफ्नो नाम काटिनुको कारण नेताहरुसँग सोधिन्। नेताहरुले राष्ट्रिय सभामा आवश्यक भन्दा बढि महिला परेकोले निर्वाचन आयोगको निर्देशन अनुसार नाम काटेको जवाफ दिए।  प्रतिनिधिसभामा १० जना आदिवासी जनजाती महिला भए दुबै सदन गरेर ३३ प्रतिशत पुगेको भन्दै उनको नाम काटिएको थियो। तर निर्वाचन आयोगको निर्देशिका अनुसार ३३ प्रतिशत माथिल्लो रेखा होइन। त्यो तल्लो रेखा हो त्यो भन्दा माथि जति संख्या पुर्याए पनि हुने प्रावधान हो।

 उनको नाम काट्नुको पछाडि एउटै  अर्थ थियो पोलिटब्युरो सदस्य बिजय सुब्बालाई सांसद बनाउनु। बिजय सुब्बा यसअघि पनि सांसद भईसकेका नेता हुन्। अशोक राईले एमाले फुटाएर संघीय समाजवादी पार्टी गठन गर्दा सुब्बा त्यसका उपाध्यक्ष बनेका थिए। उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। स्रोतका अनुसार रणकुमारीको नाम महिला कोटाबाट कटाएर बाँकी रहेको ठाँउमा सुब्बाको निर्णय भएको थियो। 

रणकुमारी धेरै नेताको चाकडी नगर्ने , एमालेमा बसेर ईमान्दार काम गर्ने गरेको सहकर्मीहरु बताउँछन्। उनकाबारे पार्टीमा बोली दिने नेता कोही नभएपछि हात लागेको सांसद पद समेत गुमाउनु परेको एमाले नेताहरुको मत छ।

 ६७ दिन अघि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपतिक बन्द सूचीमा ११ नम्बरमा उनको नाम परेको थियो। माथिनै नाम परेकाले उनी ढुक्क थिईन्। मगरले भनिन् – ‘यत्रो बर्ष पार्टीमा लगानी गरियो तर ममाथि अन्तिममा आएर षड्यन्त्र गरेर मेरो नाम हटाईयो।’ पार्टीको निर्णयलाई आफुले सम्मान गर्ने बताउँदै पार्टीले आफुहरुलाई सम्मान गर्न नसकेको उनले बताईन्। रणकुमारीका अनुसार काठमाडांैमा कुनै काम पर्दा  कार्यक्रम पर्दा सम्पर्क मंचबाट सक्रियता देखाउनु पर्ने तर अवसर आउँदा चाहि पार्टीले मूल्याङकन  नगर्ने कुराले निरास बनाउँछ। 
 

योगेश र जगन्नाथको भाग यसरी खोसियो

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न सांसदहरुलाई समेत गाह्रो छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका तनहुँका नेकपाका

यस्तो छ प्रधानमन्त्री ओलीको अरिंगाल मोह

दुईतिहाई भन्दा बढी सांसदको समर्थनमा निर्वाचित शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीका बोलीको ओज पछिल्ला दिनहरुमा नजानिँदो तरिकाले घट्दै गएको छ ।

‘देउवाको फेरी सभापति बन्ने सपना महाधिवेशनले टुंग्याउँछ’

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र

भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउँदै ?

गत भदौ १४ र १५ गते आयोजना भएको बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरमा पुनः नेपाल आउने भएका छन् । भारतीय