एमालेको थारु कोटामा पहिलो नम्बरमा शान्ता चौधरी  

काठमाडौ, २८ माघ । एमाले स्थायी समितिको बैठकले सो पार्टीका भागमा परेका ४१ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। आईतबार बसेको सो पार्टीको स्थायी समितिको बैठकले नाम टुंगो लगाएको हो।

समानुपातिकका ३ प्रतिशत मत कटाएका एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र फोरमलाई निर्वाचन आयोगले तीनदिनभित्र केन्द्रीय समिति वा सो सरहको निकायबाट समावेशी सिद्धान्तका आधारमा उम्मेदवारको नाम चयन गर्न आग्रह गरको थियो। जस अनुसार एमालेले निर्वाचन आयोगमा आजै नाम बुझाएको छ। 

 दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट एक ६५ जना निर्वाचित भैसकेका छन् र अब समानुपातिकबाट एकसय १० जना निर्वाचन गर्ने प्रक्रिया सुरु भएको छ।

एक सय १० सदस्य समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ६ र ६ जना सांसद पाएको निर्वाचन आयोगले जनाएको छ। संविधानको धारा ८४(८) अनुसार संघीय संसदमा कुनै पनि दलबाट कम्तिमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ।

आयोगका अनुसार एमालेले प्रत्यक्षमा ८०, समानुपातिकमा ४१ गरी प्रतिनिधिसमामा एक सय २१ सिट र राष्ट्रियसभामा २७ सदस्य जित्दै संघीय संसदमा एक सय ४८ सिट जितेको छ। सवैधानिक व्यवस्था अनुसार एमालेले कम्तिमा ४९ जना महिला संघीय संसदमा प्रतिनिधित्व गराउनुपर्छ।
यस्ता छन् एमालेका समानुपातिक सांसदहरु-

मुकुन्द न्यौपाने (खसआर्य÷पुरुष) २. विजय सुब्बा (आदिवासी जनजाति÷पुरुष) ३. मोहन बानियाँ (पिछडिएको क्षेत्र÷पुरुष) ४. मोतीलाल दुगड (मधेसी÷पुरुष) ५. थममाया थापा (आदिवासी जनजाति÷महिला) ६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति÷महिला) ७. सुजिता शाक्य (आदिवासी जनजाति÷महिला) ८. रामकुमारी झाँक्री (आदिवासी जनजाति÷महिला) ९. बिना श्रेष्ठ (आदिवासी जनजाति÷महिला) १०. कु. तुल्सी थापा (आदिवासी जनजाति÷महिला) ११. नबिना लामा (आदिवासी जनजाति÷महिला) १२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति÷महिला) १३. कुमारी मेचे (आदिवासी जनजाति÷महिला) १४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति÷महिला) १५. राधा कुमारी ज्ञवाली (खसआर्य÷महिला) १६. बिन्दा पाण्डे (खसआर्य÷महिला) १७. गोमा देवकोटा (खसआर्य÷महिला) १८. कल्याणी कुमारी खड्का (खसआर्य÷महिला) १९. निरुदेवी पाल (खसआर्य÷महिला) २०. मनकुमारी जिसी (खसआर्य÷महिला) २१. मायादेवी न्यौपाने (खसआर्य÷महिला) २२. विष्णु शर्मा (खसआर्य÷महिला) २३. सरिता न्यौपाने (खसआर्य÷महिला) २४. मैना कुमारी भण्डारी (खसआर्य÷महिला) २५. तीर्था गौतम (खसआर्य÷महिला) २६. शान्ता चौधरी (थारु÷महिला) २७. लक्ष्मीकुमारी चौधरी (थारु÷महिला) २८. गंगा चौधरी (सत्गौवा) (थारु÷महिला) २९. निरादेवी जैरु (दलित÷महिला) ३०. बिमला विश्वकर्मा (दलित÷महिला) ३१. बिमला विक (दलित÷महिला) ३२. पार्वतीकुमारी विसुंखे (दलित÷महिला) ३३. सानु शिवा (दलित÷महिला) ३४. आशाकुमारी विक (दलित÷महिला) ३५. जुलीकुमारी महतो (मधेसी÷महिला) ३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी÷महिला) ३७. सरलाकुमारी यादव (मधेसी÷महिला) ३८. रेखाकुमारी झा (मधेसी÷महिला) ३९. सरिताकुमारी गिरी (मधेसी÷महिला) ४०. कालिला खान (मुस्लिम÷महिला) ४१. समिना हुसेन (मुस्लिम÷महिला) ।

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता

  दशैंका बेला उत्तरकाशीतिर रामचन्द्र

काठमाडौं । दशैं लागेकाले होइन,अरु नै कारणले कांग्रेसका केही नेताहरुमा हिन्दूत्वप्रतिको मोह बढ्न थालेको छ । बुढ्यौली लाग्दै गएपछि धर्मकर्ममा मन