एक करोड भन्दा बढि ठगी गर्ने सहकारी संचालक पक्राउ

काठमाडौँ, २८ माघ ।  सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार क्षेत्रीले २०० भन्दा बढी व्यक्तिको रु एक करोड १९ लाख ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी परेको जानकारी दिए।  

सोभन्दा धेरै रकम उनले ठगी गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । साइरीयस सहकारी संस्थाका अध्यक्ष र साइरीयस कलेजका पूर्वअध्यक्ष रहेका श्रेष्ठले कलंकी, रामकोटलगायतका क्षेत्रका बासिन्दाको रकम ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । 

नायब उपरीक्षक क्षेत्रीले भने, “सहकारीमा शेयर रकम र दैनिक बचत रकम भन्दै उठाएको रकम उनले आफुखुशी खर्च गरेको देखिएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।” आफन्तलाई नै सञ्चालक राखेर उनले सहकारी स्थापना गरेका थिए । रासस
 

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै