ग्लोबल ओपन फुटसलको उपाधी जग्गु युनाइटेडलाई

काठमाडौं,२८ माघ । शैक्षिक परामर्शको क्षेत्रमा नाम कमाईरहेको ग्लोबल काठमाडौं कन्सल्ट र स्पोर्ट्स एरिनाको संयुक्त आयोजनामा भएको  ग्लोबल ओपन फुटसल टुर्नामेन्टमा जग्गु युनाइटेड टीमले विजय हासिल गरेको छ ।

शनिवार राजधानीको शान्तिनगर फुटसलमा भएको टुर्नामेन्टमा मेनचेष्टर युनाइटेड सपोर्टर क्लव नेपाल उप विजेता भयो ।
कुल ३२ टीमले भाग लिएको उक्त फुटसल टुर्नामेन्टमा लक्ष्मण थापा मगर बेष्ट प्लेयरको उपाधी चुम्न सफल भए । त्यसैगरि वेष्ट किपरको उपाधी सुवास मगरले जित्न सफल भए ।

 विजेताहरुलाई ग्लोबल काठमाण्डौं कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेले  नगद तथा ट्रफी प्रदान गरे । विजेता टीमले तीस हजार र उपविजेता टीमले पन्ध्र हजार नगद प्राप्त गरे ।

यसअघि टुर्नामेन्टको शुभारम्भ राष्ट्रिय फुटवल टीमका उपकप्तान भरत खवासले गरेका थिए ।

नेपाली फुटबललाई विकास गर्न स्पेनी क्लबको सहयोग

  काठमाडौँ, ४ कात्तिक । स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक

मेसीले ६ खेल खेल्न नसक्ने

काठमाडौं, ४ कात्तिक । बार्सिलोनाका क्याप्टन लियोनल मेसी घाइते भएका छन् । उनी अब तीन हप्ता खेलमैदान बाहिर रहने छन् । हिजो राती सेभिल्लासँग भएको खेलमा

पूर्व क्रिकेटर जयासूर्यालाई भ्रष्टाचारको आरोप

  सरल संवाददाता काठमाडौं, २९ असोज । श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयासूर्यामाथी आईसीसीको भष्टाचार विरुद्धको दुईवटा नियम मिचेको आरोप लागेको छ

 अफगानी क्रिकेट लिगमा सन्दीपको शानदार डेब्यू

काठमाडौं । अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेले शानदार डेब्यू गरेका छन् ।  अफगानी फ्रान्चाइज टोली