तनावमा हुनुहन्छ भने टुसुक्क बस्ने बेस्सरी रुने

काठमाडौं । फिल्म हेर्दा होस् या किताव पढ्दा । कसैसँग कुराकानी गर्दा नै किन नहोस्, कोही व्यक्ति यस्ता हुन्छन् भावनात्मक विषयमा आँसु झारिहाल्छन् । फिल्मका इमोशनल दृश्य हेर्दा यस्ता व्यक्तिको आँखामा आँसु देखिहालिन्छ । केटाले रुँदा धेरैले ‘केटा भएर पनि रुन्छन् रु’ भन्छन् भने केटीले रुँदा सम्झाउने कोशिष गरिन्छ ।

भावनात्मक कुरा गर्दा आँसु झार्ने व्यक्तिलाई कमजोर मुटु भएको भनेर चित्रित गरिन्छ । तर यसमा सत्यता छैन ।

जो व्यक्ति भावनात्मक कुरा गर्दा रुन्छन्, उनीहरु भावनात्मक रुपमा अरु व्यक्तिभन्दा राम्रा हुन्छन् । साथै यस्ता व्यक्तिको स्वभाव पनि धेरै राम्रो    हुन्छ । यदि तपाईं पनि यस्ता व्यक्तिमा पर्नुहुन्छ भने यसमा शरम मान्नुको अर्थ छैन । यो तपाईंभित्र एक राम्रो गुण भएको संकेत हो ।

जो व्यक्ति रुन्छन्, त्यस्तालाई कहिल्यै पनि कमजोर सोच्नुहुँदैन । यस्ता व्यक्ति यो सोच्दैनन् कि सबैको अगाडि रुँदा अरुले के सोच्लान रु न त उनीहरु आफूलाई कमजोर नै ठान्छन् । जो एक राम्रो वानी हो ।

भनिन्छ कि रुनु तनाव भागउने सबैभन्दा उत्कृष्ट उपाय हो । यदि तपाई तनावमा हुनुहुन्छ र त्यसलाई दूर गर्न सकिरहनु भएको छैन भने तपाईको मनमा नकरात्मक कुराले बढी स्थान लिन्छ । जसका कारण तपाईं विभिन्नखाले रोगको चपेटमा पनि आउन सक्नुहुन्छ । यसकारण तनावका बेला केही समय रुनुहोस्, जसले तपाईको मन हलुको हुनेछ । http://www.pearlstjournal.com (फायल तस्बिर अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा ।)

मानिसको शरीर किन चिलाउँछ ? यस्तो छ वैज्ञानिक कारण

सम्भवत एउटा सामान्य अवस्थामा रहेको मानिसको शरीरको विभिन्न भागमा चिलाउनु सामान्य विषय हो । तर यो विषयमा निकै कम मानिसको मात्र ध्यान गएको पाइन्छ

मौसमी रुघाखोकी बढ्दो, यस्ता छन् बच्ने उपाय

  काठमाडौं, २ असोज । हरेक सिजनको परिवर्तनसँगै भित्रिने मौसमी रुघाखोकी अर्थात् भाइरलको प्रकोप हिजोआज देखिन थालेको छ । हाल नेपालमा वर्षायामको अन्त्य

नेपालमा असामयिक मृत्यु गराउने १० प्रमुख कारण

नेपालमा विगत एक दशकमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको

तकिया र स्वास्थ्यको सम्बन्ध

काठमाडौं, १ जेठ । 'आफ्नै ओछ्यानमा सुतेको जस्तो अन्त सुतेको हुँदैन' भन्ने नेपाली उक्ती प्रचलित छ । धेरैले यसलाई डस्ना अथवा तन्नाको कारण त्यस्तो