अमेरिकी उपराष्ट्रपति र किम जोङ उनकी बैनी आमने सामने  

उत्तर कोरियामा शुक्रबार देखि सुरु भएको विंटर ओलम्पिकको उद्घाटन समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उत्तर कोरियाली शासक किमजोङकी बहिनी किम यो जोङ्ग एकै साथ उपस्थित भएका छन् । 
एक अर्काप्रति निकै आलोचक मानिने उत्तर कोरिया र अमेरिकाका शिर्ष नेता एकैठाउँमा भएपनि दुवैजनाको बीचमा बोलचाल भने भएको छैन । दुवै जनाले एउटै डिनर भोजनमा समेत सहभागीता जनाएका थिए । तर दुवै जनाले एक अर्कासँग दुरी बनाइरहे । अमेरिकी उपराष्ट्रपति माइक डिनरमा पुगेको पाँच मिनेटमै त्यहाँबाट बाहिरिएका थिए ।

उद्घाटन समारोहमा समेत दुवै जनालाई फरक फरक ठाउँमा राखिएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एक पटक दुबै जना आमने सामने भएका थिए तर उनीहरुका बीचमा कुनै किसिमको बोलचाल भएको थिएन । 
उद्घाटन समारोहमा दक्षिण कोरिया पुगेकी किम यो जोङसँग दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले भने हात मिलाएका थिए । उनले उत्तर कोरियाका राष्ट्राध्यक्ष किम योंग नामको पनि स्वागत गरेका थिए । योंगसँग जापानका प्रधानमन्त्री शिंजो आबेले समेत हात मिलाएका थिए । तर अमेरिकी उपराष्ट्रपति माइकले भने हात मिलाएनन् । 
उत्तर कोरियाबाट दक्षिण कोरिया जाने किम यो जोङ किम परिवारकी पहिलो सदस्य हुन् । उनी दाजु किम जोङसँग निकट मानिन्छिन् । सक्रिय राजनीतिमा उनको भूमिका बढाउन गत वर्ष उनलाई पोलिटब्यूरो सदस्य बनाइएको थियो । किम जोङ उनले कुनै महत्वपूर्ण निर्णय गर्दा पोलिटब्यूरोका माध्यमबाट गर्छन । एजेन्सीको सहयोगमा ।

माइकल आँधीले ३६ को मृत्यु

वासिङ्टन, ४ कात्तिक । अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

काबुल, ४ कात्तिक । अफगानिस्तानमा भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा एक सय ३० भन्दाबढी व्यक्ति हताहत भएका छन् । शनिबार

रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने

सोची, २ कात्तिक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन् । रुस र चीनका साझा चासोका

भारतमा भएको रेल दुर्घटनामा करिब साठीको मृत्यु

अमृतसर, भारत, ३ कात्तिक । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ । प्रहरी स्रोतले