एक दिनमा कति घण्टा निदाउने ?  

अधिकांश मानिसलाई आफ्नो निद्रा पुरा भएको छैन भन्ने थाहा हुन्छ, तर एक दिनमा कति निद्रा चाहिन्छ भन्ने कुरा भने थाहा हुँदैन । अमेरिकामा भएको एक अध्ययनले व्यक्तिको निद्रालाई उसको उमेरसँग जोडेर फरक फरक तथ्य सार्वजनिक गरेको छ ।

नियमित जीवनशैलीको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्सको सेवन लगायतका कुराले दैनिक दिनचर्यामा प्रभावित पार्ने अध्ययनले पत्ता लगाएको छ ।  
अमेरिकाको भर्जिनियास्थित एरलींगटनको च्यारीटी नेशनल स्लीप फाउण्डेशनका अनुसार हरेक व्यक्तिको जीवनशैली उसको निद्रामा निर्भर गर्छ । व्यक्तिको उमेर अनुसार उसलाई आवश्यक पर्ने निद्राको समय पनि फरक हुन्छ । 

  •   नवजात (जन्मेदेखि तीन महिना)ः हरेक दिन १४ देखि १७ घण्टा निद्रा आवश्यक पर्छ । ११ देखि १३ घण्टा पनि पर्याप्त हुन्छ तर १९ घण्टा भन्दा बढी निद्रा फाइदाजनक नहुने अध्ययनको निष्कर्ष छ । 
  •    शिशु (४ देखि ११ महिना) हरेक दिन १२ देखि १५ घण्टा निद्रा आवश्यक हुन्छ । कम्तिमा १० घण्टा पर्याप्त हुन्छ तर १८ घण्टा भन्दा बढी निद्रा उपयुक्त हुँदैन । 
  •    सानो बच्चा (एक देखि दुई वर्ष) ः ११ देखि १४ घण्टाको निद्रा उपयुक्त हुन्छ । ९ घण्टा देखि १६ घण्टासम्मको निद्राले नोक्सानी गर्दैन । 
  •     तीन देखि पाँच वर्षका बालबालिका ः १० देखि १३ घण्टाको निद्रा उपयुक्त मानिन्छ । आठ घण्टा भन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन । 
  •     स्कुल जाने उमेरका बालबालिका (६ देखि १३ वर्ष)ः ९ घण्टा देखि ११ घण्टा उपयुक्त मानिन्छ । यो उमेर समुहका बालबालिकाका लागि ७ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा फाइदाजनक मानिदैन । 
  •     किशोरावस्था (१४ देखि १७ वर्ष) ः यो उमेर समुहका लागि ८ देखि १० घण्टाको निद्रा आवश्यक मानिन्छ । सात घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा भने उपयुक्त मानिदैन । 
  •     वयस्क ( १८ देखि २५ वर्ष) नौजवान वयस्कका लागि सात देखि ९ घण्टाको निद्रा पर्याप्त मानिन्छ । ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन । 
  •     २६ देखि ६४ वर्ष ः यो उमेर समुहका मानिसलाई पनि वयस्कलाई जति नै निद्रा आवश्यक पर्ने अध्ययनबाट पुष्टि भएको छ । 
  •     वृद्ध (६४ वर्ष भन्दा माथि) यो उमेर समुहका मानिसका लागि ७ देखि ८ घण्टाको निद्रा उपयुक्त मानिन्छ । पाँच घण्टा भन्दा कम र ९ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन ।

नेशनल स्लीप फाउण्डेशनका विशेषज्ञहरुका अनुसार राम्रो निद्रा कसरी प्राप्त गर्न सकिन्छ भन्ने सुझाव पनि दिएका छन् । 

  • समयमै सुत्ने बानी बसाल्ने 
  •    हरेक दिन व्यायाम गर्ने
  •    बेडरुमको तापक्रम, ध्वनी र प्रकाश सन्तुलन गर्ने 
  •    आरामदायी बेड र सिरानीको प्रयोग गर्ने 
  •    मदीरा र कफीबाट बच्ने 
  •    सुत्नुभन्दा पहिले इलेक्ट्रोनिक्स समान बन्द गर्ने 

 बीबीसीको सहयोगमा ।

जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव

काठमाडौं, ४ कात्तिक । मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ

मांसाहारी व्यक्ति किन हिंस्रक स्वभावको हुन्छ ?

हरेक प्राणीलाई भोजन नभइ नहुने चिज हो । मानसिक, शारीरिक बिकासका लागि र दैनिक जीवनयापनका लागि अत्यावश्यक बस्तु हो भोजन । जबदेखि यो जगतमा जीवको उत्पत्ति

पूर्व सांसदले डाक्टरलाई हातपात गरेपछि...

कंचनपुर २९ असोज । बिरामीको उपचारमा संलग्न स्थानीय प्राथमीक उपचार केन्द्रका डाक्टरमाथी पूर्व सांसद दिवान सिंहले हातपात गरेका छन् ।  डा. अमित

दशैं खानपानबारे आयुर्वेद के भन्छ ?

दशैंमा नेपालीको भान्छामा मासु अत्यधिक परिमाणमा पाक्ने गर्छ । यसैगरी चिल्ला मिठाई र रोटी, पिरो र अमीलो अचार धेरै खाने गरिन्छ । मदिराको त खोलो नै बग्छ ।