शान्ता चौधरीको अनौठो शुभकामना  

 काठमाडौं,२६ माघ । संविधान सभाकी पुर्व सदस्य शान्ता चौधरीले प्रदेश १ र ३  बाट एमाले संसदीय दलको नेता बिजयी क्रमश शेरधन राई र डोरमणि पौडेललाई अनौठो शैलीमा वधाई दिएकी छन् ।

सामाजिक सञ्जाल मार्फत दिएकी सन्देशमा शान्ताले नरम शैलीमा कडा व्यंग ठोकेकी छन्। 

शान्ता लेख्छिन् - 'प्रदेश नम्बर १ को संसदीय दलको नेता निर्वाचित हुनुभएकोमा कमरेड शेरधन राईलाई हार्दिक बधाई तथा शुभकामना दिन्छु । त्यसैगरी प्रदेश नम्बर ३ को संसदीय दलको नेता चयन हुनुभएकोमा डोरमणी पौडेललाई हार्दिक बधाई तथा शुभकामना । अब उहाँहरु प्रदेशको मुख्य मन्त्री बननुहुनेछ । उहाँहरुले प्रदेशमा विकासको मूल फुटाएर देश विकास गर्नुहुनेमा म पूर्ण रुपमा विश्वश्त छु ।'

शान्ताले अगाडि लेखेकी छन् - 'निर्वाचनमा उपविजेता बन्नुभएका भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई पनि बधाई भन्न चाहन्छु । उहाँहरुले उच्चतम लोकतान्त्रिक आचरण देखाउनुभएको छ, लोकतान्त्रिक अभ्याश गर्नुभएको छ । प्रदेशका आगामी मुख्य मन्त्रीहरुले उहाँहरुको सल्लाह र सुझाव लिनुहुनेछ । पार्टीको आन्तरिक निर्वाचनमा हार र जित हुँदैन । त्यसैले म विजेता र उपविजेता भन्न रुचाउँछु । र, यति उच्चतम लोकतान्त्रिक अभ्याश पार्टीभित्र भएकोमा म विजेता र उपविजेताहरुका साथै पार्टीका तमाम कार्यकर्ता तथा नेताहरुलाई बधाई तथा शुभकामना दिन्छु ।'

अहिले पनि नेका बलियो छः महामन्त्री कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।