मोवाईल फोनले सारंगीको भविष्य उच्चजोखिममा

 म्याग्दी ।  कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने (गन्धर्व) गाइने पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन् ।

दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु । जनताका पीर व्यथा र देश परदेशका घटनाका वाहक ठानिने गन्धर्व हिजोआज पेशा परिवर्तन गरेर वैकिल्पक पेशाको खोजीमा छन् ।

समाजमा घटेका घटनालाई जस्ताको तस्तै स्वरको मालामा उनेर सबैको मनै छुने गरी गीत गाउँदै घरघरमा पुग्ने गन्धर्व गायनबाटै जीविका चलाउने अवस्था नरहेपछि पेशा परिवर्तन गरेका हुन् । उमेरले ७५ वर्ष पुगेका म्याग्दी खबराका लालबहादुर गन्धर्व भने आफ्नो पेशालाई सकिनसकी गाउँगाउँमा पुगेर सुनाउने गर्छन् । 

लालबहादुर गन्धर्वले आज पनि सात जनाको परिवारलाई गीत गाएरै पाल्नुभएको छ आजभोलि पहिलेको जस्तो गीत गाउँदै घरघरमा पुग्न पनि छोडिसकेको यो समयमा उनले भने आफ्नो पुर्खाको पेशालाई बचाई राखेका छन् । धेरै पहिलेदेखि आफूले गीत गाउँदै जीविका चलाउँदै गरेको बताउँछन्– लालबहादुर गन्धर्व ।


सारंगीको मिठो धुनको तालमा सँगसँगै गीत गाउँदा सुन्ने पनि आनन्दित हुन्छन् जनताले पनि गाइनेको सुरिलो स्वर नसुनेको धेरै भइसकेको छ । पछिल्लो समय गाइने पनि गीत गाउने पेशा छाडेर अन्तै अरु काममा लाग्न थालेका छन् । जसले गर्दा अबका केही वर्षमा कुनै समयका समाचारका स्रोत समाजका सूचक गाइनेलाई गीत गाउँदै हिँडेको कसैले पनि देख्न नपाउने लालबहादुरले बताए । 

नेपालमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा पनि गाइनेको ठूलो सहयोग रहेको स्थानीय टीकाबहादुर थापाले बताए ।  “उनीहरु जनताको घरघरमा पुगेर परिवर्तनका गीत गाउँदै जनतालाई सुुशोचित पार्ने काम गर्थे त्यसैले उनीहरुले गरेको यो कामलाई कसैले पनि भुल्ने छैनन्”–  थापाले भने । गन्धर्व पेशा लाेप हुँदै जाने स्थितिमा याे पेशा एका देशकाे कथा त हुने हैन भन्ने पनि डर छँदैछ ।  रासस

८ करोड शब्दको महाकाव्य आउँदै 

  चेङ्दु । विश्वमै सबैभन्दा लामो लोककाव्य मानिएको राजा गेसारको काव्यको सङ्कलन अर्को वर्ष अर्थात् सन् २०१९ प्रकाशन गरिने भएको छ ।  “इपिक अफ किङ

दिलिप कुमारलाई निमोनिया, मुम्बईमा उपचार हुँदै

मुम्बई, २५ असोज । बिरामी भएर अस्पताल भर्ना भएका ९५ वर्षीय भेट्रान अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार आइरहेको जनाएको छ । उपचारमा संलग्न

  दशैं आएछ !

 असारे चपेटालाई साउने झरीले स्याहारसुसार गरी चिटिक्क पारेर नाटकघरको पर्दा सर्लक्क खोले जसरी आँखाले हेर्दा देखिने हिमाली शीरमा हरिया पहाड

प्रधानमन्त्रीले \'गौरी\'का पंक्ति पढे, राष्ट्रकविका आँखाबाट चारपटक आँशु बगे 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको प्रतिक्रिया दिएका   छन्