अमृतले भिजेको सरिताको ओठ 

साँझको समय थियो । अविजित शौचालयबाट निस्किएर बगैँचाको डिलमा गयो । त्यहाँबाट पश्चिमपट्टि भिरालो थियो र भिरालो सकिएपछि कलकल बगिरहेको धोबीखोला । उसलाई बडो मनोहर लाग्यो आफ्नै सुरमा बगिरहेको खोला । पानीमाथि पानी खप्टिएर बगिरहेको खोलाको छिनछिनमा बदलिरहने तस्बिर, त्यसको गति र आवाजले उसलाई एक प्रकारको नशा दियो । खहरेको शक्ति खोलामा मिसिँदा मत्थर किन हुन्छ र सागरमा मिसिएपछि चाहिँ किन फेरि उथलपुथल हुन्छ भन्ने खालको विचारको लहर खेल्यो उसको मनमा ।

उसको दिमागमा प्याट्ट विचार आयो, खोलाका लागि सायद बग्नु हो अस्तित्व, बग्नु हो जीवन । र, खोज्यो भने त्यही बग्नुमै छ ज्ञान । यहाँ बसेको वर्षौं भइसक्दा पनि उसले खोलालाई ध्यान दिएको रहेनछ । आज ध्यान दिएर हेर्दा खोलामा आफ्नोपन पाएजस्तो लाग्यो उसलाई । दाहिनेतिर हे¥यो, गणेश हिमाल रात्रातो भएको थियो । के जल्दै थियो त्यो हिमालको छातीमा र भुङ्ग्रोजस्तो देखिएको !

धेरै वर्ष बिताएको ठाउँसँग थाहै नपाईकन मन लहसिँदो रहेछ । तराईबाट काठमाडौँ फर्किने बखत उसलाई यस्तै भएको थियो । कस्तो खालको आशक्ति हो यो कुन्नि !

भोलि बिहान जाँदै थियो यो ठाउँ छाडेर । सधैँका लागि होइन, फर्केर आउनेछ एक दिन । तर, त्यसैत्यसै मनमा नानाभाँतीका कुरा खेल्न थाले उसका । विचारहरुको द्वन्द्व चलिरहेका बेला फाट्टफुट्ट पानी छिट्याएको उसले चालै पाएन । एक मनले जीविकाका लागि विरानो ठाउँ जानु राम्रो ठान्यो, अर्को मनले आफ्नै ठाउँमा अवसर नपाउँदा खिन्न मान्यो । फटफटी एकपछि अर्को विचार आएर उसलाई दिक्क लगायो । कताकता नरमाइलो लाग्न थाल्यो उसलाई । सहानुभूति खोजेर आफैंलाई पुलपुल्याउन चाहँदैछ मनले, उसलाई यस्तो पनि लाग्यो । यो भावुकता उसलाई पटक्कै मन परेन र ऊ माथि कोठामा हान्नियो । 

फटाफट हिँड्दा बगैँचामा उभिँदा उब्जिएका विचारहरु टकटकिँदै झरे । माथि कोठामा पुग्दा ऊ अर्कै भइसकेको थियो, ताजा । ऊ कसैले पानी छम्किएको फूलजस्तै देखियो । ऐनामा त्यत्तिकै नजर पुग्दा थाहा पायो उसले । खाटमा पसारिएको रुमाल टिपेर झ्यालबाट हेर्दै केश, अनुहार र पाखुरा पुछ्न थाल्यो उसले । पाखुरा पुछ्न थाल्दा उसका ओठ गोलगोल भए र ऊ सुसेल्न थाल्यो । बाहिर सिमसिम पानी पर्न थालिसकेको थियो । अविजितमा छाएको उमङ्ग सरिताको मनमा पनि स¥यो । चाहे खुशी होस् वा दिक्दारी त्यो सरुवा रोग हो । सँगै बसेका मानिसलाई त सर्छ–सर्छ । 
कोठामा छिरेपछि उसलाई ग्रामोफोन बजाउन सिकाइदिन मन लाग्यो, सरितालाई । इपी र एलपी छुट्याएर त्यही ढाँचामा ग्रामोफोनलाई राख्ने र बिजुलीमा जोडेर चालु गर्ने तरिका देखाइदियो अविजितले । सरिताले चाख मानेर सिकिन् र त्यसदिन उनकै हातबाट बज्यो त्यो ग्रामोफोन । 
फुरुङ्ग परिन् उनी ।

अविजितले जिरा, रातो खोर्सानी, अदुवा र लसुन अलि बढी नै हालेर पिरो झोल भएको मासु बनायो । पकाउँदै गर्दा दुई प्याला रक्सी पनि भ्यायो उसले । आधा प्याला सरितालाई पनि ख्वाइदियो । भोलि लिएर जानुपर्ने गुन्टा दिउँसै कसिसकेको थियो अविजितले । भात पाक्नुअघि उसले केही पुस्तक र आवश्यक कागजात झोलामा राख्यो र अन्तिम प्याला भ¥यो ।
 
खाना खाइसकेर अविजित कोठामा पल्टियो । सरिता सदाभैmं भाँडा मस्काउन थालिन् । एकछिनपछि भाँडा पखालेर थन्क्याइन् पनि । अन्तिम भाँडा थन्क्याएर धोतीको फेरले हात पुछ्दै के थिइन्, बत्ती झ्याप्प निभ्यो । एक सुरमा रहेकाले गर्दा अनि अनपेक्षित घटना भएको कारण उनी नराम्रोसँग आत्तिइन् । विपतमा मानिसले कि आमालाई कि दैवलाई पुकार्छ । सरिताले आमालाई पुकारिन्, “ए आमोइ, लौ न के भयो !” र, सामु नभएका दैव र आमा दुवै काम लाग्दैनन्, र सके काम लाग्छ त्यो गुहार वा पुकाराको शक्ति ।
 
त्यही शक्तिले अविजितलाई जुरुक्क उठायो, ऊ हतपत उठ्यो, झ्यालबाहिर नजर पुग्यो उसको, चारैतिर निभेको थियो बत्ती । चुक घोप्टिएको भैmं थियो अन्धकार । जोडजोडले हावा चलिरहेको थियो । पानीको थोपा फाट्टफुट्ट बर्सिन थालेको थियो । घरमा लम्फा त थियो, तर कता थियो भनेर खोज्नेतिर लागेन अविजित । बरु एकै सड्कोमा उसले झ्याल थुन्यो र भान्छातिर अन्दाज लगाएर लगभग दौडियो, जहाँ सरिता मुर्तिसरी उभिएकी थिइन् । कोठातिर डो¥याउनका लागि सरितालाई जसै अविजितले स्पर्श ग¥यो, तसै दुवैको मुटुको धड्कन नै रोकिएला जस्तो गरेर बज्र खसेभैmं आवाज बडो जोडले सुनियो– धडर्रढ्रम । 

भँगेरा हुँदा हुन् त तिनको मुटु नै बाहिर निस्कने थियो । यति ठूलो गर्जन प्रकृतिमा यसअघि भएको थिएन भन्न त अतिरञ्जित हुन्छ, भएको थियो होला, तर अविजितले सुन्न पाएको थिएन । सातो गयो दुवैको । अविजित सम्हालियो, सरिताको मुटु भने जोडजोडले धड्किरह्यो । त्यति नै खेर कडकडकडकड गरेको ध्वनि यति जोडले कडकियो र बिजुली यति भयानकसँग चम्कियो कि एक मुस्लो उज्यालो एक निमेषका लागि भान्छाभित्रै मानौँ छि¥यो र अल्पियो । सरिता अविजितको अँगालोमा टाँसिइन्, छुट्टिने गुन्जाइस नभएभैmं । उनका लागि जोगिन योभन्दा भरपर्दो शरण अन्त थिएन । एकछिनसम्म दुवैको अँगालो एकदमै कस्सियो । र, अँगालोको कसाइ कम हुन नपाउँदै अविजितले उचाल्यो सरितालाई अनि बिस्तारै पाइतालाले अन्दाज लगाउँदै कोठाभित्र पस्यो । कोठामा छिरेपछि ओछ्यानमा सुताइदियो सरितालाई, सिरक ओढाइदियो र बत्तीको गट्टा बन्द गरेर आफु पनि सिरकभित्र छि¥यो ।

सिरकभित्र छिरेपछि सरितालाई उसले अँगालो हाल्यो कि उनले अविजितलाई अँगालो मारिन्, दुवैलाई हेक्का रहेन । बाहिर आकाशको गर्जन कम हँुदै गएको थियो, अघिको गर्जन टाढा कताकता पुगेर मधुरो स्वरमा परिणत भएर सुनिँदै थियो ।
 
अँगालोको तातो दुवैले महसुस गरे । सासमा रापको ताप बढ्दो थियो । बसिसकेको मुटको तेज धड्कन फेरि बढ्न थाल्यो सरिताको । अँध्यारोमा देखिएन, तर शरीरभरिको रगत उम्लिएर मानौँ गालाबाट चुहिन लागेको थियो सरिताको । उनलाई महसुस भयो गाला राँकिएको अनि मुटु जोडजोडले धड्किएको पनि । अविजितले जहाँजहाँ छुन्थ्यो, त्यहीँत्यहीँ बर्रर बर्रर मसिना काँडाहरु उम्रिएर फर्रर फर्रर पैmलिन्थे । आवाज पाएका हुन्थे यदि ती सिरिङ्ग पार्ने आनन्ददायी काँडाहरुले भने जलतरङ्गको अतुलनीय सिम्फोनी सरिताको वदनबाट अहिले छुटिरहेको हुन्थ्यो ।
 
अविजितले पहिलोपटक पाएको थियो निस्फिक्री, त्रासरहित संसर्ग नारीसँग । उसका औँला, हत्केला र शरीरका अरु अङ्गले सरिताको वदनको जुन जुन भागमा छोइन्थ्यो, त्यहीँ त्यहीँ पग्लिन्थ्यो अविजित । कहिले उसका घाँटीमा यति शुष्क हुन्थ्यो कि बलपुर्वक थुक निलेर भिजाउँथ्यो घाँटी, अनि कहिले उसको मुखभरि यति पानी भरिन्थ्यो कि बाहिर चुहिएला भनी हतारहतार घुटुक्क निल्थ्यो । कहिले पाखुरा, तिघ्रा, पिँडौला त कहिले तल्लो पेटमा भएको मासु फर्रर फर्रर गथ्र्यो उसको ।

हुँदाहुँदा परेलाहरु फरफराउन थाले उसका । के यो मान्छेको शरीरमा चल्ने ज्वारभाटा थियो !

 सागरलाई चन्द्रमाले तान्दा सागर उन्मादी भएजस्तै नशालु उन्माद छाएको हो त्यो अविजितको शरीरमा !  अनि सरितालाई भएको चाहिँ के हो ! को चन्द्रमा अनि को सागर !  सरिता कि अविजित रु कि दुवै आधा चन्द्रमा र आधा सागर हुन् रु अहँ, केही थाहा छैन । कसैले यकिन गरेर भन्न सक्दैनथ्यो यो कुरा । र, भने पनि यो जे भइरहेछ, त्यो ‘भएको’ अनुभवको शब्दमा बयान हुन कदापि सक्दैनथ्यो । यो कस्तो खालको अनुभुति थियो र शरीरमा कस्ता रसायनहरु बग्दैछन्, कुनै पत्तो थिएन दुवैलाई । यो स्वर्गीय आनन्द कुन कुराको तालमेलले ल्याउँछ होला मान्छेको शरीरमा ! न चासो थियो त्यो सरितालाई, न अविजितलाई ।
 
अविजितले सरिताका थर्थराइरहेका ओठलाई औँलाले सुस्तरी छोयो र ओठको लम्बाइ–चौडाइ नाप्यो । सरिताको शरीरमा मनोहर कम्पन भयो अनि अविजितले हत्केलाको सनासो बनाएर सरिताको गालालाई कोमल तरिकाले समायो र ओठमा म्वाइँ खायो । अमृतले भिजेको थियो सरिताको    ओठ । त्यसपछि दुवैको होस रहेन र त्यो रात दुवै नशाको कुहिरोमा हराए । 

 (कवि तथा गीतकार विप्लव प्रतीकको पुस्तक 'अविजित'को एक पाठ)


 

 ‘हितैले बोलाई दरौंदीलाई मर्स्याङ्दी मिसियो’

‘असोज सात गते मेरो जन्मदिन । अब अन्ठानब्बे लाग्छु ।’ दुइ वर्ष अघिको भदौको पहिलो साता लैनचौरको कालधारास्थित निवासमा भेट हुँदा आफ्ना हातले मेरा हात

 को गएनन् राष्ट्रकविलाई शुभकामना दिन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शताब्दी जन्म वर्षका अवसरमा मुलुकका विशिष्ट व्यक्तिले भेटेर शुभकामना दिएका छन् । लमजुङको पुस्तुन,

 इलाममा गीत शिविर हुँदै 

काठमाडौं । गीतकार सङ्घ नेपालले इलाममा गीत शिविर तथा बृहत् बिचार गोष्ठीको आयोजना गरी श्रष्टाहरुको जमघट गर्ने भएको छ । कवि तथा गीतकार बसन्त

 स्वर्गीय छोरीका निर्दोष प्रश्नहरु

उनैले केहीबर्ष अघिसम्म चुसेका  मेरा स्तनहरु छाम्थिन्  मेरा नाडी र पाखुराहरु सुम्सुम्याउँथिन्  अँगालो हाल्थिन्  गालामा गाला जोड्थिन्  र