‘मन लागेको भए डेढ घण्टामै बिहे गर्थें’

तपार्इँ कस्तो परिवारको मान्छे? 

मध्यमबर्गको परिवारको मान्छे हो। 

तपार्इँको स्कूल जीवन? 

झापाको बुधबारेमा पढेकी हूँ। 

स्कूलमा कस्तो स्वभाव थियो? 

अलि चकचके थिएँ। 

पिटाई पनि खाईयो? 

त्यस्तो पिटाई नै भन्ने त होईन। मेरो घरपरिवार राजनीतिक भएकोले सधैं राजनीतिक मानिस आईरहने।अनि स्कूलमा पनि त्यस्तै गतिविधि हुने, त्यसकारण कक्षामा उपस्थित हुननसक्दा बेला बेलामा सरको कुटाई खाईन्थ्यो। 

स्कूलमा कुन बेन्चको बिद्यार्थी हो?  

म ब्याक बेञ्चर होईन। बस्न त म अगाडि नै बस्ने बिद्यार्थी हो। म बस्ने भनेको पहिलो बेन्चमा नै हो। 

पढाई चाहिँ कस्तो थियो नि? 

ठीकै थियो। 

कहिल्यै फेल हुनुभएको छ? 

छैन। 

कहिल्यै क्लास फस्ट हुनुभएको छ? 

छैन। 

तपार्इँ कस्तो खालको चकचके हो? 

बद्मासी गर्ने भनेर मानिस पिट्ने त होईन। आफूलाई मन नपरेको कुरामा तुरुन्तै प्रतिक्रिया जनाई हाल्थेँ। 

स्कूलमा गल्ति गर्दा सरले बेन्चमाथि उभ्याएको याद छ? 

बेला बेला पार्टीका मानिसहरु स्कूलमा आउँथे। अनि उनीहरुसँगै नेबिसंघ गठन गर्ने भन्दै क्लास छोडेर कुदिन्थ्यो। अनि सरहरुले बेन्चमा उभ्याउनुहुन्थ्यो। 

स्कूल पढ्दा के कुराको अभाव भोग्नु भो? 

त्यस्तो अभाव त मैले केहि पनि भोगिन। हाम्रो परिवारको आर्थिक अवस्था राम्रो भएकोले छोराछोरी केहि नभनि राम्रैगरी हुर्कियौं। छोराछोरी दुबैलाई समान ब्यवहार थियो। हामीलाई अभाव भन्ने महसुुस हुनै पाएन।

घरायसी काम कत्तिको गर्नुहुन्थ्यो? 

घरको काम अलिअलि गरियो। 

घाँंस पनि काट्नुभयो? 

घाँसै चाहिँ काटिएन। धान काटियो र रोपियो पनि। 

रहरले कि करले धान रोप्न र काट्न जाने? 

करले त गईएन। रहरले नै हो। 

कति समयसम्म धान रोप्नु भएको छ? 

रोपियो निकै समय। अहिले पनि गएको बेला धान रोपिन्छ। 

तपाईँलाई कहिल्यै बजारमा गएर यो किन्छु भन्ने रहरलाग्दा अभाव भएन? 

त्यो त भयो। बच्चा बेलामा भने जनि पैसा पनि त हँुदैनथ्यो। यो किन्न पाए हुन्थ्यो त भन्ने लागिहाल्थ्यो नि। बच्चालाई धेरै पैसा त दिँदैनन् बाउ आमाले। 

घरबाट दिएको पैसाले के किनेर खानुहन्थ्यो? 

स्कूलमा जान्थ्यौ। चटपटे र चाकुको मिठाई खान्थ्यौ। 

कलेज लाईफचाहिँ कसरी शुरु भयो? 

असाध्यै रमाईलो र बोल्डस्टाईलबाट शुरु भयो। ०४३ – ४४ मा हामी कलेज गएको हो। त्यसबेला हामी राजनीतिमा धेरै नै ईन्भल्भ भईसकेका थियांै। त्यसमा हामी लागेकोले कलेज लाईफ बितेको थाहै भएन। 

केटाहरु कुट्नु भएको छ? 

बेला बेलामा अलि अलि। हामी आफंै चाहिँ कुट्दैनथ्यांै। आए भने छोड्दैनथ्यांै। 

त्यस्तो कुटेको एउटा घटना सुनाउनु न ! 

नेबिसंघको जन्मदिनको दिन परेको थियो। हामी कार्यक्रम गरिरहेका थियांै। त्यसबेला अरु पार्टीका साथीहरुले दुःख दिन आए। अनि जवाफमा हामीले पनि भकुर्दै खेदायौं। 

क्याम्पस लाईफमा तपार्इँलाई केटाहरुले कतिको जिस्काउथे? 

सिधै त जिस्काउँदैनथे। हिम्मत पनि गर्दैनथे। 

कलेज लाईफमा तपाईँको प्रेम पत्र आतेजाते भयो कि भएन? 

त्यो त भएन।

कसैले आफुलाई मन पराएको थाहा पाउनु भएन? 

त्यसो त मन पराउँथे होला नि! 

तपाईँले चाहिँ कसैलाई मन पराउनु भएन? 

मेरो त त्यस्तो भएन। तर  मलाई मन पराउँछु भन्ने चाहिँ धेरै थिए।

मन पराएको कुरा तपाईँलाई सिधै भने? 

एक दुईजनाले त भने। 

 के जवाफ दिनुभयो त? 

तिमीहरु मेरा साथी हौ। मैले त्यसरी सोचेको नै छैन भनेर जवाफ दिएँ। 

कलेज पढ्दाका रमाईलो घटना के छ? 

कलेज लाईफ भनेको रमाईलो शुरु हुने ठाउँ हो। हामी संघर्ष गर्न तयार थियांै। त्यो बेला हाम्रा गुरुहरु र साथीहरुले यति सपोर्ट गरे कि हामी त एकदम सही बाटोमा रहेछांै भन्ने लाग्यो। अर्को साथीहरुको ग्रुप मिलेर बेलुका बेलुका नयाँं रिलिज भएको सिनेमा हेर्न जान्थ्यांै। त्यो अर्को रमाईलो थियो। 

हेरेको मध्ये स्वाद लागेको सिनेमा कुन हो? 

त्यो त धेरै हेरियो। हिन्दी पनि राम्रै छन्। नेपाली पनि हेरियो। ती पनि राम्रै छन्। नेपाली फिल्म सिन्दुर हेरियो। थुप्रै हेरियो। खाना खाईसके पछि सरर रिक्सा चढेर सिनेमा हेर्न जाँदा खुब रमाईलो हुन्थ्यो। 

आन्दोलनमा प्रहरीसँग भिड्दा निकै ढुंगा हान्नु भो होला नि? 

हानियो नि, किन नहान्नु। प्रहरीको लाठी पनि खाईएको छ। 

अहिले त मन्त्री हुनुहुन्छ, प्रहरीलाई ढुंगा हान्नु हुनेरहेनछ भन्ने लाग्यो होला नि? 

हामीलाई आन्दोलनबाट लाने। लामो समय थुन्ने गर्दा हामी भन्थ्यांै– तिमीहरुलाई सरकारले खटाएको हो। अर्कोपटक हाम्रो सरकार बनेपछि हामीलाई स्यालुट हान्छौ। आज जति सक्दो गर। तर धेरै अत्याचारचाहि नगर है। 

बिहे गर्नुभएन? 

अहँ गरिन। 

किन विरक्तिनु भएको त? 

विरक्तिएको होइन। कतिपय मानिस राजनीतिमा लागेर बिहे नभएको भन्छन्। म चाहिँ त्यसलाई मान्दिन।  बिहे गर्नका लागि समय भएन भन्ने कुरा पनि म मान्दिन। त्यो भनेको त एक डेढ घण्टामा गर्न सकिने हो। तर मलाई त विहे गर्न मन लागेन। अव म के गरुँ! 

अरुका श्रीमान्, छोराछोरी देख्दा रहर लाग्दैन? 
त्यस्तो पनि लाग्दैन। मलाई रहर भएको भए त विहे गरिहाल्थेँ नि। 

तपार्इँले जीवनमा सबैभन्दा बढि हाँसेको घटना याद छ? 

एकपटक हामी कलेजमा बसिरहेको बेला केटाहरु क्रिकेट ब्याट लिएर लखेट्न आएका थिए। तर हामीले उनीहरुलाई नै खेदायौ। त्यतिबेला निकै मजाले हाँंसेका थियौं चौरमा बसेर। हामीलाई केटी भनेर हेपेर आएका थिए, उल्टै हामीले लखेटेर पठायांै। 

तपाईँलाई केटा मान्छेमा भएको कुन गुण आफूमा भएको भए जीवन पूर्ण हुन्थ्यो भन्ने लाग्छ? 

मलाई त्यस्तो फिलिङ नै छैन। हामी पुरुष भन्दा कुनै कुरामा कम छैनौं नि। उनीहरुभन्दा कम काम गरेका छैनांै। केटाहरु भन्दा कुन कुरा ममा कमि छ र? लगानी र काम गराई केहिमा पनि कमि छैन। पार्टीले पनि मलाई जिम्मेवारी दिएकै छ। 

प्रस्तुति– बालकुमार नेपाल
 

प्रदेशलाई प्रदेशकै रुपमा बुझ्नुपर्छ, ती अलग राष्ट्र होइनन्ः प्रम ओली

काठमाडौँ ।  संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना

\"अर्थ सचिब राजन खनालको चरीत्र देखेर छक्क परें\" सोमलाल सुबेदी,पूर्व मुख्य सचिब

म देशको प्रतिनिधित्व गरी एसियाली विकास बैंकमा वैकल्पिक कार्यकारी निर्देशकमा इमान्दारीपूर्वक काम गर्दै थिएँ । छापामार शैलीमा मलाई फिर्ता बोलाइयो ।

 जोशीको नाम अनुमोदन गर्नुहुँदैन, निरु पाल,संसदीय सुनुवाई विशेष समिति सदस्य

संसदीय सुनुवाई विशेष समिति अनिर्णयको बन्दी भयो । किन ? खै, अनिर्णयको बन्दी किन बनाउन खोजेका छन्, मलाई पनि थाहा छैन । पटकपटक बैठक बस्ने, निर्णय गर्न

उनको पाइलट बन्ने सपना थियो तर......!

उनले शक्तिकेन्द्रमा ठोकिन आउने ठूला साना किसिमका आफ्ना लागि भक्ति गाउन झुम्मिने झुण्डहरुका एक होईन अनेक दृश्यहरु देखेका छन् । कहिले अप्रत्यक्ष