नेपालको प्राकृतिक शुन्दरता अवलोकन गर्न चिनियाँलाई निम्तो

काठमाडौँ, २० माघ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले चिनियाँलाई नेपाल भ्रमण गरी यहाँको प्राकृतिक छटा, साहसिक र सांस्कृतिक पर्यटनको रसास्वादन गर्न आग्रह गरेका छन् । 

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति शुक्रबार बेइजिङस्थित नेपाली राजदूतावासले त्यहाँ आयोजना गरेको कार्यशालामा उनले विद्यमान पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै पक्षबाट सहकार्य भइरहेको बताए । 

सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको पर्यटन प्रवद्र्धनमा राजदूतावासले गर्दै आएका क्रियाकलापबारे प्रस्तुति दिएका थिए । कार्यशालामा चिनियाँ राष्ट्रिय पर्यटन प्रशासन, विश्व पर्यटन साझेदारी, चिनियाँ अन्तर्राष्ट्रिय पर्यटन सेवा, चिनियाँ युवा यात्रु सेवा, चिनियाँ सञ्चारकर्मीका साथै नेपाल र दक्षिण एशियाली मुलुकमा पर्यटन सेवा उपलब्ध गराइरहेका उद्यमी व्यवसायीको सहभागिता थियो । रासस

पर्यटन दिवसमा होटलमा २० प्रतिशत छुट

काठमाडौँ, ९ असोज । विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी

स्वर्गद्वारी विमानस्थल निर्माणमा ७७ करोडको योजना

प्यूठान, ८ असोज । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल

ढल्न लाग्यो सात तले दरबार

नुवाकोट । देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको

नेपालको पर्यटन प्रबद्र्धनको लागि विदेशमा पनि प्रचारात्मक गतिविधि

काठमाडौँ, २ असोज । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा