किन बुझाएन राजपाले हस्ताक्षर

काठमाडौं, ३० जेठ । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० ले उम्मेद्वारी मनोनयन प्रयोजनका लागि निर्वाचन पदाधिकारीको नाम र हस्ताक्षर विवरण फेरि पनि निर्वाचन आयोगमा बुझाएन । आयोगले सो विवरण बुझाउन दिएको थप समय आज सकिएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मधेस तराई फोरम र लोकदलले मात्रै निर्धारित तीन दिनको अवधिमा उम्मेदवारी मनोयन प्रयोजनका लागि पदाधिकारीको नाम र हस्ताक्षर विवरण बुझाएको जानकारी दिनुभयो । सरकारले राजपालाई चुनावमा सहभागी गराउने उद्देश्यले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको थियो । राजनीतिक दलबाट उम्मेदवार हुनेले दलको औपचारिक पत्र समेत मनोनयनसागै पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।

राजपाका महासचिव केशव झाले आफ्ना माग सम्बोधन नभएसम्म आफूहरु चुनावमा नजाने भएकाले चुनावी प्रक्रियामा सहभागिताका लागि निकालिएको सूचनाको कुनै अर्थ नरहेको बताउनुभयो । यसैबीच, राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले घोषित आन्दोलनलाई सशक्त बनाउने भन्दै त्यसका लागि अध्यक्षहरु जिल्ला जाने निर्णय गरेको छ । राजपाले आन्दोलन परिचालन समिति समेत बनाउने निर्णय गरेको छ । आजको कान्तिपुरबाट ।

अहिले पनि नेका बलियो छः महामन्त्री कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।