म्याग्दी अब साक्षर जिल्ला 

म्याग्दी, ९ माघ । म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कूल जनसंख्यामध्ये ९६ दशमलव २७ प्रतिशत नागरिक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । 

जिल्ला अनौपचारिक शिक्षा समिति एवं जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहका बीच प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गरेका हुन्। 

बाजागाजासहित सरोकारवालाको बृहत् ¥यालीले बेनीबजार परिक्रममापश्चात् आयोजित समारोहमा प्रमुख अतिथि सांसद थापाले अन्तरराष्ट्रिय मापदण्डअनुसार जिल्लालाई साक्षर घोषणा गरिएको बताउँदै शिक्षा क्षेत्रमा जिल्लामा भएको उपलब्धिले यहाँका हरेक क्षेत्रमा सकारात्मक सन्देश दिने बताए । 

कार्यक्रममा जिल्ला अनौपचारिक शिक्षा समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाका ४५ वटै वडा र छवटा स्थानीय तह साक्षर बनेपछि सिंगो जिल्लालाई साक्षर जिल्लाका रुपमा घोषणा गरिएको बताउँदै नवसाक्षरको सिकाइ उपलब्धि बढाउन र बाँकी रहेका निरक्षरलाई साक्षर बनाउनका लागि कार्यक्रमले निरन्तरता पाउने बताए । 

म्याग्दी नेपालको ३९ औँ साक्षर जिल्लाका रुपमा घोषणा भएको हो । सो अवसरमा शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारिक शिक्षा केन्द्रले साक्षर जिल्ला घोषणा गर्न सफल भएकोमा जिल्ला शिक्षा कार्यालयलाई सम्मानपत्र प्रदान गरेको थियो । 

जिल्ला शिक्षा कार्यालयले गरेको घरधुरी सर्वेक्षणको तथ्यांकअनुसार म्याग्दीमा १६ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८२६ जनसंख्यामध्ये ७९ हजार ७३९ जना नागरिक साक्षर बनेको पाइएको हो । लक्षित समुदायका ९५ प्रतिशतभन्दा बढी नागरिकले अंक र अक्षर लेखपढ गर्नसक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने व्यवस्थाअनुसार म्याग्दीलाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताए । 

विसं २०६६ देखि निरक्षरलाई साक्षर बनाउन जिल्लामा सामुदायिक सिकाइ केन्द्र, अनौपचारिक प्रौढ विद्यालय, खुला विद्यालयलगायतको माध्यमबाट साक्षरता कक्षा सञ्चालन हँुदै आएको छ । साक्षर जिल्ला घोषणापश्चात् सामान्य साक्षर भएकाको थप सिकाइ र निरन्तर शिक्षाका लागि कार्यक्रम सञ्चालन हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । रासस

 एकतिहाइ गैरकानूनी शैक्षिक परामर्शदाता महिला तस्करी गर्छन्

काठमाडौं, ३ असोज । नेपालका करिब २५ सय शैक्षिक परामर्शदाता रहेको र यसमध्ये एक तिहाइ अवैध रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ

 निजी क्षेत्रका शिक्षालय र अस्पताललाई आफ्नो बन्दोबस्त गर्न चेतावनी 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताएका

 ग्लोबलको ‘एजुकेशन मन्थ’

काठमाडौं । अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्न ख्याती कमाएको ग्लोबल कन्सल्टले यही भदौ १० गतेदेखि शैक्षिक मेलाको आयोजना

छोराछोरी विद्यालय नपठाए पच्चीस हजारसम्म जरिवाना 

काठमाडौँ, ८ भदौ ।  के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय