एमाले - माओवादी एकताको मोडालिटी : अध्यक्ष र सर्बोच्च नेता

 काठमाडौं , ६ माघ । नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)बीच पार्टी एकीकरणको मोडालिटी लगभग टुंगो लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रवार भएको तीन घण्टा लामो छलफलमा पार्टी एकताको मोडालिटी टुंगो लागेको हो ।

बालकोटमा दुई नेताबीच पार्टी एकता जतिसक्दो चाँडो गर्ने निश्कर्षसहित बिषय केन्द्रित छलफल भएको थियोे ।  दुवै नेताले शुक्रवारको छलफलमा ‘अव ढिलाई गर्नै नहुने’ निश्कर्ष निकालेका छन । स्रोतका अनुसार दुई नेताले शुक्रवारको बार्ताको थालनी नै ‘पद भन्दा माथि रहेर एकता गर्ने अठोट’ सहित अघि बढाएका थिए ।

पछिल्लो समयमा दुवै पार्टी्भित्र एकताको बिपक्षमा कोही छैनन,’ बैठकको निश्कर्ष सुनाउँदै स्रोतल भन्यो । स्रोतका अनुसार बार्तामा ओली–दाहालले एकअर्कालाई भनेका छन, ‘पार्टी एकताका लागि मलाई केही चाहिन्न, जे गर्दा सहज हुन्छ, त्यही गरौं ।’

स्रोतका अनुसार ओली र दाहालमध्ये एक सर्वाेच्च नेता र अर्का अध्यक्ष रहने गरी मोडालिटी टुंगो लागेको छ । जुन पद भएपनि एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री र संसदीय दलका नेता हुने प्रस्ताव दाहालले राखेका छन । बार्तामा ओलीले एकताका लागि आफू कहाँ रहने भन्ने प्रस्ताव आफै नगर्ने जानकारी दाहाललाई गराएका थिए भने दाहालले पनि सोही भनाई ओलीसामु राखेका थिए ।

एकताका लागि एमालेमा माधव नेपाल र झलनाथ पक्षले असहयोग गर्ने हो कि  भन्ने आशंका समेत ओलीले मेटाएका थिए।  ओलीले एकताका बिषयमा पार्टी भित्र सबैको एउटै स्प्रिट रहेको भन्दै आश्वास्त पारेका थिए। 

दुवैतर्फका नेताहरुले चाँडो गर्न सुझाएकै कारण शुक्रवार मोडालिटीको टुंगो लगाई आजपनि बार्ता अघि बढाउने र आइतवार एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ । सांगठानिक संरचनाको अन्तिम गृहकार्य गर्ने सहमति पनि समितिको बैठक अगावै टुंग्याउने सहमति दुई नेताले गरेका छन ।

एकतालाई अन्तिम रुप दिन  एकता संयोजन समिति र नेताहरुबीच आज दिनभरी छलफल हुने बताइएको छ। 

कर्णालीको सिमकोट गाउँपालिकामा मोबाइल एप्स

हुम्ला, ४ कात्तिक । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकाले मोबाइल एप्स आजदेखि सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक

बाँदरलाई हानेको गोली लागेर सुरेन्द्रको मृत्यु

हुम्ला, ४ कात्तिक । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार

दुर्घटनामा पाँच जनाको मृत्यु

कावासोती, ४ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने

इन्डियल आईडलबाट अनु मलिकको राजिनामा

नयाँ दिल्ली । इन्डियन आईडलको जजबाट अनु मलिकले राजिनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले ‘इन्डियन आईडल सिजन १०’ छोडेका हुन् । उनले