एमालेका उपाध्यक्ष र महासचिवको पानी बाराबार

काठमाडौ, ५ माघ । कुनैबेला एमालेमा केपी ओलीलाई अध्यक्ष बनाउनका लागि एउटै मोर्चामा लागेका उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलबीच अहिले पानी बाराबारको अवस्था देखिएको छ।

अध्यक्ष  ओलीले आफूलाई वेवास्ता गरेर पोखरेललाई बढी च्यापेको भन्ने शीर्षकमा शुरु भएको उनीहरुको मनमुटाव यसबेला आएर बिष्फोटक अवस्थामा पुगेको स्रोतले बतायो। गौतम र पोखरेल एउटै गुटमा रहँदा पनि उनीहरुबीच कहिल्यै राम्रो सम्बन्ध नरहेको एक नेताले दावी गरे। गौतमले भने आफूले केपी ओलीलाई अध्यक्ष बनाउँदा ओलीले दिएको बचन पूरा गर्न नदिन पोखरेलले नकारात्मक भूमिका निर्वाह गरेको आरोप लगाउँदै आएका छन्।

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा गौतमले आफूलाई हराउन महासचिव पोखरेलको  अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन्। गौतमले महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा परिचालन समितिको संयोजक बनेका केन्द्रीय सदस्य सूर्य थापा लगायतले अन्तरघात गरेको आरोप लगाएका छन्।

 थापाको घुमाउरो स्वीकारोक्ति

केन्द्रीय सदस्य सूर्य थापाले भने आफू गौतमको निर्वाचन क्षेत्रमा गएको भए उनलाई जिताएर ल्याउने दावी गरे। एमाले निकट प्रेस चौतारीको बिहीबार बसेको सचिवालयको बैठकमा बोल्दै यस्तो बताएको स्रोतले जानकारी दिएको छ।

‘म पहिला प्युठानमा गौतमलाई जिताउन गएँं जिताएर ल्याँंए,अहिले महासचिवलाई काठमाडौंबाट जिताएँं। म जहाँ हात हाल्छु उतै सफलता मिल्छ’ थापाको भनाई उदृत गर्दै बैठकमा सहभागी स्रोतले भन्यो। बैठकमा उनले गौतमलाई सहयोग गर्ने पत्रकारहरु विश्वमणि सुवेदी र किशोर श्रेष्ठ प्रतिपनि आक्रोश पोखेका थिए।

स्रोतका अनुसार उनले नामै नलिईकन उपाध्यक्ष गौतममाथि पार्टी समाप्त गर्न लागेको आरोप लगाएका थिए। ‘पार्टी फुटाएर समाप्त पार्नेहरु फेरि फर्केर पनि पार्टीमा आएका छन्’ थापाको भनाई उदृत गर्दे स्रोतले भन्यो। फायल फोटो

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता

  दशैंका बेला उत्तरकाशीतिर रामचन्द्र

काठमाडौं । दशैं लागेकाले होइन,अरु नै कारणले कांग्रेसका केही नेताहरुमा हिन्दूत्वप्रतिको मोह बढ्न थालेको छ । बुढ्यौली लाग्दै गएपछि धर्मकर्ममा मन