सरकारले तोक्यो अस्थायी राजधानी र प्रदेश प्रमुख

काठमाडौं, ३ माघ । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी  तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोकेको हो। बैठकले प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ।

एक नम्बरको बिराटनगर, दुई नम्बरको जनकपुर, तीनको हेटौंडा र चारको पोखरा तोकिएको छ। यसैगरी ५ नम्बर प्रदेशको रुपन्देही, ६ नम्बरको सुर्खेत तथा ७ नम्बरको राजधानी धनगढी तोकिएको छ।

त्यसैगरी प्रदेश प्रमुखमा १ मा डा. गोविन्द सुब्वा, २. मा रत्नेश्वरलाल कायस्थ, ३. मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर,  ५ मा उमाकान्त झा, ६ मा दुर्गाप्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकिएको छ ।

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता

  दशैंका बेला उत्तरकाशीतिर रामचन्द्र

काठमाडौं । दशैं लागेकाले होइन,अरु नै कारणले कांग्रेसका केही नेताहरुमा हिन्दूत्वप्रतिको मोह बढ्न थालेको छ । बुढ्यौली लाग्दै गएपछि धर्मकर्ममा मन