कांग्रेस प्रवक्ताको उद्घोष ‘जो बदलिन्छन्,तिनिहरुले नेतृत्व गर्छन्,नबदलिनेहरु विदा हुन्छन्’

 काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समय अनुसार बदलिन सक्नेहरुले नेतृत्व लिने तर बदलिन नसक्नेहरु विदा हुने उद्घोष गरेका छन् । शर्माले भने –‘जो बदलिन्छन्,तिनिहरुले नेतृत्व गर्छन्,नबदलिनेहरु विदा हुन्छन् ।’

उनले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समीक्षा गर्नको लागि तत्काल केन्द्रिय कार्य समितिको बैठक बस्ने जानकारी दिए । प्रवक्ता शर्माले भने,‘केन्द्रिय कार्यसमिति बैठक चाँडै बस्छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं, प्रवक्ताको हैसियतमा म फेरि भन्छु, केन्द्रिय कार्यसमिति बैठक बस्छ, कार्यसमितिको बैठकपछि महासमिति हुँदै विशेष महाविधेशनसम्म जान सकिन्छ।’

आईतबार यहाँ आयोजित एक साक्षात्कारमा बोल्दै प्रवक्ता शर्माले पार्टी पराजयको बारेमा गम्भीर समीक्षा गर्नुपर्ने र पार्टीलाई पूनर्जीवन दिलाउनको लागि अब बस्ने केन्द्रिय कार्य समितिको बैठकले ठोस निर्णय लिने पनि विश्वास दिलाए ।

 शर्माले भने,‘हामी बदलिन्छौं, आवेगमुक्त भएर समिक्षा गर्छौं, किनकी कांग्रेसले पहिलोपटक हार व्यहोरेको होईन, त्यसैले विरामीलाई पहिले अस्पताल पुर्याउनुपर्छ, अनिमात्रै सही डाईगनोशिस हुन्छ, अस्पताल नै नलगीकन घरमै राखेर मेडिसिन दिन थालियो भने सही डाईग्नोशिस हुन सक्दैन्।’ उनले कांग्रेसलाई नवजीवन दिने समय आएको पनि बताए । उनले भने,‘हामी बदलिन्छौं, अब पूर्ननिर्माणको अभियान सुरु हुन्छ।’

पार्टी प्रवक्ता भएपनि ७ भाईवीच फाटो आउँदैन भन्ने प्रश्नमा उनले भने,‘७० वर्ष कटेका पार्टी नेता राजनीतिबाट रिटायर्ड हुनुपर्छ र त्यो नै अहिलेको सन्दर्भमा बेस्ट मेडिसिन हो भन्ने केहि साथीहरुलाई लाग्यो, मैले त्यसैबेला राजनीतिलाई एज (उमेर) ले होइन एजेण्डाले ड्राइभ गर्छ भनेको थिएँ। त्यसैले सत्तरी कटेकाले छाड्नुपर्छ, यति कटेकाले बस्नुपर्छ भन्ने भन्दा पनि एजेण्डाले डा«ईभ गर्नुपर्छ भन्ने मेरो मान्यता हो।’ 

उनले आफूहरु ७ जनाले हस्ताक्ष गरेर विज्ञप्ती जारी गर्दैगर्दाको प्रसँग उल्लेख गर्दै त्यतिवेला कुनै क्लब गठन गर्नको लागि हस्ताक्षर नगरिएको स्पष्ट पारे । उनले भने,‘हामीले गुटको गठन गरेको होईन।’

शर्माले भने,‘यो सिंगो कांग्रेसको कुरा हो। युवाको वा पाकाको भन्ने होइन। नेपाली कांग्रेसलाई आज ठूलो क्षती भएको छ भन्नेमा सबै सहमत छन्, पार्टीमा रुपान्तरण जरुरी छ भन्नेमा सबै सहमत हुनुहुन्छ,  प्रवक्ताका रुपमा पार्टीका नीति, कार्यक्रम र सन्देशलाई सम्प्रेषण गर्ने कुरामा पनि म अझ गम्भीर भएर लाग्छु।’

एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन भत्काउन प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव नगरिएको उनले जिकिर गरे । उनले भने,‘सडकमा कसले कुन सन्दर्भमा के बोल्नुभयो भन्ने कुराको जवाफ मैले कांग्रेस प्रवक्ताका रुपमा दिनु उचित हुँदैन। नेपाली कांग्रेस जनताले दिएको म्याण्डेट बमोजिम प्रतिपक्षमा बस्नेतर्फ नै गम्भीरतापूर्वक लाग्छ।’ 

उनले आधिकारिक रुपमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भनेर कुनै निर्णय नगरेको पनि स्पष्ट पारे । उनले एमाले–माओवादीवीच एकता होस् भन्ने पक्षमा नै रहेको सुनाए । ‘हामी शुभकामना दिन्छौं, उहाँहरुवीच एकता होस्’–उनले भने ।

उनले आफ्ना अभिव्यक्ति अब पार्टीको अभिव्यक्ति भएको उल्लेख गर्दै भने,‘पार्टीमा जो बदलिन्छन्,तिनिहरुले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तिनले विदा लिन्छन्।’ उनले युवा पुस्ता भन्दापनि आफू प्रवृत्तिले पार्टीलाई डा«ईभ गर्नुपर्छ भन्ने पक्षमा रहेको सुनाए । उनले भने,‘युवाहरुले उठाएका धेरै मुद्दाहरु कांग्रेसले सम्बोधन गरेको छ, चुनाव हारेलगत्तै पार्टीले मलाई प्रवक्ता बनायो, यो पनि युवाहरुको माँग पूरा भएको भनेर बुझ्न सकिन्छ।’

नेकपामा सुनुवाई भएन माधव नेपालको असन्तुष्टि

काठमाडौँ, ६ कात्तिक , नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र नेता माधव कुमार नेपालले लिखित रुपमा दर्ता गराएको असन्तुष्टिको सुनुवाई हुन सकेन । पार्टीको

अहिले पनि नेका बलियो छः महामन्त्री कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको