हेटौँडा सिमेन्टले बढायो मूल्य

हेटौंडा, ३० पाैष । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो ।  उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा रु ९१२ बिक्री मूल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा रु ७९५ मा बिक्री गर्दै आएको थियो । उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ । 

प्रतिबोरा रु १० कमिशन दिँदै आएकामा अब रु १५ पु¥याएको छ । मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा रु ८३० मा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले रु ९४० प्रतिबोरा सिमेन्टको मूल्य पुगेको छ । रु ९४० मा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन् । 

शिवम्, उदयपुरलगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए । रासस

अब घर-घरमा विद्युतीय चुलो: प्रधानमन्त्री

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केशी शर्मा ओलीले अब घरमा घरमा विद्युतीय चुलो बनाइने बताएका छन् । मंगलबार साझा यातायातको ‘बिजुली बस’को

एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ

काठमाडौं, ६ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएन)का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा पक्राउ परेका छन् । उनलाई कतार प्रहरीले मंगलबार नै पक्राउ

दुई वर्षपछि सरदर आयु ७३ वर्ष !

काठमाडौं, ६ कात्तिक । नेपालीको सरदर आयु २०७७ सम्म ७३ वर्ष पुगाउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा

सुलभ ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनित

काठमाडौं, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको