एक्स–रे मेसिन छ जनशक्ती छैन,बिरामी समस्यामा

बैतडी, ३० पाैष । जनशक्तिको अभावमा पाँच महिनादेखि बैतडीको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा रहेको एक्स–रे प्रयोगविहीन अवस्थामा थन्किएको छ । प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा रहेको एक्स–रे मेसिन सञ्चालन गर्ने जनशक्तिको अभाव हुँदा त्यत्तिकै थन्किएको हो । एक्स–रे मेसिन सञ्चालनमा नआउँदा बिरामी समस्यामा परेका छन् । 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट लोकेन्द्र ऐरका अनुसार एक्स–रे मेसिन जडान गरेको दिनदेखि एक दिन पनि सञ्चालनमा आएको छैन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितलाई लक्षित गर्दै एक्स–रे मेसिन आएको भए पनि जनशक्ति नहुँदा त्यत्तिकै थन्किएको हो । उनले भने, “एक्स–रे सञ्चालन गर्ने रेडियोग्राफर नहँुदा एक्स–रे मेसिन सञ्चालनमा आउन सकेको छैन, दरबन्दी छैन, अरु तालीमप्राप्त जनशक्ति छैन ।” 

उता केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका लागि एक्स–रे पनि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै थन्किएको छ । एक्स–रे मेसिन आएको पत्र मात्रै प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेको र एक्स–रे अहिलेसम्म पाटनमै थन्किएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट मुकेश दयालले जानकारी दिए । एक्स–रे सञ्चालन गर्ने जनशक्ति मेलौलीमा पनि छैन । उनले भने, “भएका एक्स–रे मेसिनसमेत सञ्चालन नआउँदा सामान्य चोटपटक लागेको बिरामीले जिल्ला अस्पताल, उपक्षेत्रीय अस्पताल डडेल्धुरा र सीमावर्ती भारतीय अस्पताल धाउनु परेको छ ।” 

स्वास्थ्य बीमा कार्यक्रमले बैतडीको हकमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य बीमाअन्तर्गत एक्स–रे सेवासमेत राखिएको छ । तर जनशक्ति अभावमा सेवा शुरु हुन सकेको छैन । 
बैतडीमा विसं २०७३ पुस ७ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।  रासस

मांसाहारी व्यक्ति किन हिंस्रक स्वभावको हुन्छ ?

हरेक प्राणीलाई भोजन नभइ नहुने चिज हो । मानसिक, शारीरिक बिकासका लागि र दैनिक जीवनयापनका लागि अत्यावश्यक बस्तु हो भोजन । जबदेखि यो जगतमा जीवको उत्पत्ति

पूर्व सांसदले डाक्टरलाई हातपात गरेपछि...

कंचनपुर २९ असोज । बिरामीको उपचारमा संलग्न स्थानीय प्राथमीक उपचार केन्द्रका डाक्टरमाथी पूर्व सांसद दिवान सिंहले हातपात गरेका छन् ।  डा. अमित

दशैं खानपानबारे आयुर्वेद के भन्छ ?

दशैंमा नेपालीको भान्छामा मासु अत्यधिक परिमाणमा पाक्ने गर्छ । यसैगरी चिल्ला मिठाई र रोटी, पिरो र अमीलो अचार धेरै खाने गरिन्छ । मदिराको त खोलो नै बग्छ ।

नेपालमा करीब १० लाख बाथरोगी

काठमाडौैं, २७ असोज । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ । विश्व बाथरोग दिवशका अवसरमा नर्भिक