योग दिवसका अवसरमा बृहत् योग शिविर

पोखरा, ३० पाैष । पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना एवं पतञ्जलि योग समिति नेपालको संयोजकत्वमा तीनदिने बृहत् योग शिविर सञ्चालन हुने भएको छ । तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा माघ १ देखि ३ गतेसम्म सिमलचौरस्थित ह्वाइट हाउस पार्टी प्यालेसमा बिहान ६ः०० देखि ८ः०० बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने मूल नारासहित आयोजित शिविरमा लोकनाथ खनाल प्रमुख प्रशिक्षक रहनुहुने पोखरा लेखनाथ महानगरपालिकाका आयुर्वेद चिकित्सक डा ओमप्रकाश कलौनीले बताए । योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने बताउँदै उनले योग र आयुर्वेदलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिन लागेको जानकारी दिए । 

पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक लोकनाथ खनालले नेपाललगायत विश्वका १७७ राष्ट्रको समर्थनमा योग दिवसले मान्यताप्राप्त गरेको जानकारी दिए । शिविरमा दैनिक ५०० भन्दाबढीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।  पोखरा लेखनाथ महानगरपालिकाका निमित्त प्रशासकीय प्रमुख वसन्तराज सिग्देलले महानगरले योग र आयुर्वेदलाई सँगसँगै अगाडि बढाउने तयारीमा जुटेको बताए। रासस

मांसाहारी व्यक्ति किन हिंस्रक स्वभावको हुन्छ ?

हरेक प्राणीलाई भोजन नभइ नहुने चिज हो । मानसिक, शारीरिक बिकासका लागि र दैनिक जीवनयापनका लागि अत्यावश्यक बस्तु हो भोजन । जबदेखि यो जगतमा जीवको उत्पत्ति

पूर्व सांसदले डाक्टरलाई हातपात गरेपछि...

कंचनपुर २९ असोज । बिरामीको उपचारमा संलग्न स्थानीय प्राथमीक उपचार केन्द्रका डाक्टरमाथी पूर्व सांसद दिवान सिंहले हातपात गरेका छन् ।  डा. अमित

दशैं खानपानबारे आयुर्वेद के भन्छ ?

दशैंमा नेपालीको भान्छामा मासु अत्यधिक परिमाणमा पाक्ने गर्छ । यसैगरी चिल्ला मिठाई र रोटी, पिरो र अमीलो अचार धेरै खाने गरिन्छ । मदिराको त खोलो नै बग्छ ।

नेपालमा करीब १० लाख बाथरोगी

काठमाडौैं, २७ असोज । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ । विश्व बाथरोग दिवशका अवसरमा नर्भिक