नरहरि सङ्क्रान्तिमा कागलाई रोटी

बैतडी, ३० पाैष ।  बैतडीलगायत प्रदेश नं ७ (सुदूरपश्चिम) का अधिकांश जिल्लाका बासिन्दाले आज कागका लागि रोटी पकाइरहेका छन् । सुदूरपश्चिममा सोमबार माघेसङ्क्रान्तिलाई नरहरि सङ्क्रान्तिका रुपमा मनाइँदै । नरहरि सङ्क्रान्तिको अघिल्लो दिन आज राति मीठोमसिनो खाने चलन रहिआएको छ । आज राति खास गरेर चामलको पिठोबाट माँडा पकाउने चलने छ । 

माघ धार्मिक महिना भएकाले यसलाई नरहरि भनिएको पं दयाकृष्ण पन्तले बताए । नर (मानिस) हरि(विष्णु)मा लीन हुने अथवा उपासना गर्ने महिनाको शुरुवात भएकाले माघेसङ्क्रान्तिलाई नरहरि भनिएको उनले बताए । यो दिन तरुललगायत खानेकुरा खाइन्छ । यस्तै आज राति पकाइएको माँडा सबैभन्दा पहिला कागका लागि छुट्याइन्छ अनि मात्र घरपरिवारका सदस्यले खाने गर्छन् । 

सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ । 

नरहरि सङ्क्रान्तिमा विवाहिताहरु माइत जाने चलनसमेत रहेको स्थानीयवासी हेमराज गिरीले जानकारी दिए । नरहरि सङ्क्रान्तिको दिन विभिन्न नदी तथा तलाउमा नुहाउने चलन छ । चिसो पानीले नुहाउँदा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ । रासस

दुई वर्षपछि सरदर आयु ७३ वर्ष !

काठमाडौं, ६ कात्तिक । नेपालीको सरदर आयु २०७७ सम्म ७३ वर्ष पुगाउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा

आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण

दमौली, ६ कात्तिक । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा १० लाखको लागतमा भवन निर्माण गरिएको छ । नाचगान,

१० महिने बालकलाई नेपाली आमाले बचाइन रेल दुर्घटनामा

काठमाडौं । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा एकजना नेपाली आमाले सेकेन्डभरमै १० महिने बालकलाई बचाइकी छन् । जसका कारण भारतीय मिडियामा उनको चर्चा

मह झिक्न खोज्दा ज्यान गयो

गोरखा, ५ कात्तिक । भिरमौरीको मह झिक्न खोज्दा भिरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ । गोरखाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर