ट्र्याक्टरले ठक्कर दिँदा गोरु मर्याे

गौशाला, ३० पाैष ।  महोत्तरी जिल्ला, गौशाला नगरपालिका–१ रामनगरस्थित शर्मा चोकमा आज ट्र्याक्टरले ठक्कर दिँदा टायरगाडामा जोतिएको एक गोरु मरेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार गौशालाबाट स्थानीयवासी शम्भु महतोले टायरगाडामा उखु बोकी रामनगर चिनी मिल जाँदै गरेको अवस्थामा मिलबाटै आइरहेको ज१त १०६१ नंको ट्र्याक्टरले शर्मा चोकमा टायरगाडालाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।
प्रहरीले ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशालामा ल्याएको छ । यता गोरुधनी महतो क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै स्थानीयवासीका साथमा इलाका प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ । रासस

आहारा जोगाउँदै गर्दै बाघ संरक्षण गर्नुपर्ने चुनौती

बाँके, १ कात्तिक । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो

राजदेवीमा १५ हजार बोका बलि

जनकपुरधाम, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ ।

 डेढ सय महिला–बालबालिका हराए

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट १५० महिला तथा बालबालिका हराएका छन् ।   तीन वर्षमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना

काठमाडौँ, ३१ असोज । महाअष्टमीको दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा