सिँचाइयुक्त दुई हजार हेक्टर जमिन बाँझो

फलेवास, पर्वत, ३० पाैष ।  पर्वतमा सिँचाइ सुविधा भए पनि दुई हजार हेक्टर जमिन अझै बाँझो रहेको पाइएको छ । वर्षेनी बाँझो जमिन बढ्न थालेका कारण बाँझो नराख्ने अभियान थालिए पनि दुई हजार हेक्टर जमिन अझै बाँझो रहेको पाइएको हो । “अभियान नचलाउने हो भने बाँझो जमिन अझै बढ्दै जाने देखिन्छ”, जिल्ला कृषि विकास कार्यालयका प्रमुख वासुदेव रेग्मीले भने , “सबै क्षेत्रबाट बाँझो रहेको जमिनमा खेती लगाउने अभियान थाल्नुपर्छ ।” उनले जिल्लामा सिँचाइयुक्त दुई हजार ४०० हेक्टर जमिन बाँझो रहेको जानकारी दिए । 

“चार सय हेक्टर जमिन त घडेरी भइसक्यो, अझै दुई हजार हेक्टर जमिन बाँझै छ”, उनले भने “अहिले पर्वतमा बाँझो रहेको जमिनमा खेती लगाउन सकेमा २० हजार मान्छेलाई वर्षभरि पुग्ने अन्न उत्पादन हुन्छ, एक वर्षमा एक व्यक्तिले २०० केजी अन्न खपत गर्छ भने दुई हजार हेक्टर बाँझो खेतमा अन्न लगाउने हो भने २० हजार जनसंख्यालाई वर्षभरि खान पुग्छ । ” 

जिल्लामा ५३ हजार ६८६ हेक्टर जमिनमध्ये २८ हजार ५९३ हेक्टर जमिनमा खेती लगाउन सकिन्छ तर अहिले २४ हजार १७१ जमिनमा मात्रै खेती लगाइएको छ । खेतीयोग्य जमिन भए पनि केही हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधा पुगे पनि दुई हजार हेक्टर जमिन बाँझो देखिएको हो । जिल्लामा खेतभन्दा पाखो बारी बढी छ । अहिले यहाँ नौ हजार हेक्टर खेत र १५ हजार १५० हेक्टर जमिन पाखोबारी छ । 

त्यस्तै बाह्रै महिना सिँचाइ हुने जमिन छ हजार ४२१ रहेको उक्त कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले गत आवदेखि जमिन बाँझो राख्नेलाई कारबाही गर्ने नीति जिल्ला परिषद्ले पारित गरे पनि कार्यान्वयनमा आउन भने सकेको छैन । बाँझो जमिन राख्नेलाई प्रतिरोपनी रु ५० का दरले जरिवाना गर्ने निर्णय भएको थियो । 

“अब सबै खेतीयोग्य जमिनवालाले बाली लगाउने याममा बाँझो राखेबापत प्रतिरोपनी रु ५० नगरपालिका वा गाउँपालिकालाई जरिवाना तिर्नुपर्ने छ”, कार्यालय प्रमुख रेग्मीले भने , “बिलासिताका लागि बजारमा बस्ने र आफ्नो जमिन बाँझो राखेर आयातित खाद्यान्नमा भर पर्नेहरूका लागि यो निर्णय महत्वपूर्ण छ ।” 

“खाद्यान्नमा आत्मनिर्भर गराई आयातमा कटौती गर्ने उद्देश्यले यो नीति अवलम्बन गरिए पनि पछिल्लो समय राजनीतिक उतारचढावले समस्या परेको हो । जग्गाधनीले कुनै पनि हालतमा खेती गर्न सक्ने अवस्था नभए नजिकको छिमेकी वा खेती गर्न इच्छुक जो कोहीलाई पनि बाली लगाउन दिनुपर्नेछ । यता जमिन बाँझो रहँदा खाद्यान्नमा परनिर्भर हुनुपरेको भन्दै पर्वत उद्योग वाणिज्य संघले समेत सो अभियान चलाएको छ । “हामीले विभिन्न ठाउँमा पुगेर बाँझो जमिनमा खेती लगाउन सचेतनामूलक अभियान चलाएका छौँ”, संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले भने । 
 

आहारा जोगाउँदै गर्दै बाघ संरक्षण गर्नुपर्ने चुनौती

बाँके, १ कात्तिक । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो

राजदेवीमा १५ हजार बोका बलि

जनकपुरधाम, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ ।

 डेढ सय महिला–बालबालिका हराए

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट १५० महिला तथा बालबालिका हराएका छन् ।   तीन वर्षमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना

काठमाडौँ, ३१ असोज । महाअष्टमीको दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा