जनकपुर उद्योग संघको अध्यक्षमा साह

जनकपुरधाम, ३० पाैष । जनकपुर उद्योग संघको अध्यक्षमा ललितकुमार साह एक हजार ५३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४३५ मत प्राप्त गरेका छन् । संघको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह एक हजार १३३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विजय साहले ८४६ मत प्राप्त गरेका छन्  । 
यसैगरी उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी ९८९ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वीमा विजय साहले ७०३ मत प्राप्त गरेका छन्  । त्यस्तै महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित भएका छन् ।संघको महासचिवमा जितेन्द्रकुमार महासेठले ९५३ मत, सचिवमा विकास साहले ५९४ मत र कोषाध्यक्षमा अशोककुमार चौधरीले ९९६ मत, प्राप्त गरी विजयी भएका छन्  । 
महिला सदस्यमा आशाकुमारी यादव र एशोसिएटमा राजीवकुमार साह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । रासस

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै