आङ खस्ने महिलाको पहिचान

दुनै, डोल्पा, ३० पाैष । जिल्लामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान गरिएको छ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)ले तथ्यांक संकलन गर्न शुरु गरेसँगै महिला सशक्तीकरण केन्द्र डोल्पाले साविकका पाँच गाविसभित्र २० प्रतिशत महिला आङ खस्ने रोगबाट ग्रसित रहेको तथ्यांक सार्वजनिक गरेको हो । 

आङ खस्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रममा साविकका त्रिपुराकोट, ल्हां, सुँ, शहरतारा, जुफाल र दुनैका करिब २५० घरधुरीमा सर्वेक्षण गरिएको केन्द्रका कोषाध्यक्ष काली चलाउनेले बताए । चेतनाका कमीको कारणले पनि आङ खस्ने रोगको समस्या धेरै भएको जोडी सहजकर्ता धनचन्द्रा सार्कीले अनुभव सुनाए । 

“कर्णालीका महिलालाई पौष्टिक आहार पनि छैन, काम नगरी खान पुग्दैन, उनीहरुलाई बाध्यता रहेको छ”, उनले भने । “पहिले पहिले महिला लाज मान्ने गर्थे, अब त सजिलै भन्न सक्ने भइसकेकाले आङ खस्ने रोगसम्बन्धी जानकारी दिन सहज भएको छ ।”  जिल्लामा पहिलो पटक महिलाको स्वास्थ्यलाई ध्यानमा राखी केडले आङ खस्ने रोगसम्बन्धी खोजमूलक काम गर्न लागेको छ । उनीहरुको पहिचानपछि जाँच गरिने र तराईका जिल्लामा निःशुल्क उपचार गरिने बताइएको छ । 

मांसाहारी व्यक्ति किन हिंस्रक स्वभावको हुन्छ ?

हरेक प्राणीलाई भोजन नभइ नहुने चिज हो । मानसिक, शारीरिक बिकासका लागि र दैनिक जीवनयापनका लागि अत्यावश्यक बस्तु हो भोजन । जबदेखि यो जगतमा जीवको उत्पत्ति

पूर्व सांसदले डाक्टरलाई हातपात गरेपछि...

कंचनपुर २९ असोज । बिरामीको उपचारमा संलग्न स्थानीय प्राथमीक उपचार केन्द्रका डाक्टरमाथी पूर्व सांसद दिवान सिंहले हातपात गरेका छन् ।  डा. अमित

दशैं खानपानबारे आयुर्वेद के भन्छ ?

दशैंमा नेपालीको भान्छामा मासु अत्यधिक परिमाणमा पाक्ने गर्छ । यसैगरी चिल्ला मिठाई र रोटी, पिरो र अमीलो अचार धेरै खाने गरिन्छ । मदिराको त खोलो नै बग्छ ।

नेपालमा करीब १० लाख बाथरोगी

काठमाडौैं, २७ असोज । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ । विश्व बाथरोग दिवशका अवसरमा नर्भिक