प्रधानन्यायाधीश पराजुलीलाई जेल हाल्नपर्छः डा केसी

चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले सर्वोच्चको आदेश पालना नगरेमा फेरि सत्याग्रह सुरु गर्नेछु ।’ भ्रष्ट र अपराधी सर्वोच्चमा रहने, सत्याग्रही जेलमा जाने ? कस्तो नियम भन्दै केसीले प्रश्नसमेत गरे । उनले आइओएमको डिनमा अग्रवालको विकल्प अरू हुनै नसक्ने बताए । ‘अहिले डिन अर्कै व्यक्ति बनाउने खेल भइरहेको छ,’ केसीले भने, ‘अग्रवालले बाँकी तीन वर्षको कार्यकाल सम्हाल्नेछन्, त्यसमा चलखेल भए परिणाम राम्रो हुनेछैन।’

प्रा.डा.  केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा नदिए पुनः अनशन बस्ने चेतावनी दिएका छन् । सरकारसँग भएको पाँचबुँदे सहमतिपछि छैटौँ दिन अनशन तोडेका केसीले पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् । नयाँ पत्रिकाबाट ।

मेलम्चीको पानी दुई महिनाभित्र सुुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ ।  दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख

ठूला उद्योगीले तिरेनन् ५२ करोड

मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको

नेकपाको तल्ला कमिटीको एकता दसैंपछि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पटक–पटक सरेपछि एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको छ । गत २४ असोजका

जब प्रचण्डले पिङ खेल्दै दशैको शुभकामना दिए

ढोलाहिटीमा पिङ खेल्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरेका छन्। टोलबासीले बनाएको