सरकारी बैंकले उत्कृष्ट सेवा दिनुपर्नेः राणा

काठमाडौँ, २८ पाैष  । अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले सरकारी बैंकले उत्कृष्ट सेवा सुविधा दिन सक्छ भन्ने सन्देश आमजनतामाझ पु¥याउन सक्नुपर्ने बताएका छन्  । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उनले नयाँ नयाँ प्रविधिको विकाससँगै सरकारी बंैकलाई पनि सोहीअनुरुप व्यवस्थापन गर्दै लगेमा मात्र अन्य निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने भनाइ व्यक्त गरे । 

राज्यमन्त्री राणाले बंैकका ग्राहकलाई कसरी खुशी बनाउन सकिन्छ त्यसतर्फ सम्बन्धित निकायले सोच्नुपर्ने भन्दै काम गर्ने संस्कारको विकास गर्नुपर्ने धारणा व्यक्त गरे । उनले आफू सरकारमा नरहे पनि कर्मचारीको हक हितका लागि सदैव तयार रहने भनाइ व्यक्त गर्दै अब बन्ने सरकारले सबैलाई समेटेर लानुपर्ने बताए । 

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलनाथ दाहालले सरकारी बैंकलाई कसरी आकर्षित गर्न सकिन्छ त्यस विषयमा बृहत् छलफल हुन आवश्यक रहेको टिपप्णी गरे । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकअन्तर्गत राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपेन्द्र कार्कीले ट्रेड युनियनलाई व्यावसायिकरुपमा अगाडि बढाउनुपर्ने भनाइ व्यक्त गरे भने यता कर्मचारी संघका अध्यक्ष बेदबाहदुर लावतीले कर्मचारीको वृद्धि विकासमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । रासस

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत, १ कात्तिक । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन

 भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग

केरा खेतीले यसरी किसानको ध्यान खिच्यो

भीमदत्तनगर । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै